fbpx

समाजवादी मोर्चाले चैत्र २४ गते जनप्रदर्शन गर्ने

author

समाचारपाटी

२ महिना अगाडि

समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । बुधवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रिय संयोजन समितिको दशौं बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चैत्र पहिलो हप्ता मधेसमा जन प्रदर्शनसहितको कार्यक्रम गर्ने निर्णय भएको पनि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बताउनु भयो । उहाँकाअनुसार समाजवादी मोर्चाले फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय भएको छ । त्यस्तै समाजवादी मोर्चामा मोहनविक्रम सिंहको पार्टी र अन्य पार्टीहरुसलाई भित्र्याउन छलफल अघि बढाउने निर्णय भएको बताउनु भयो । बैठकले वर्तमान सरकार गणतन्त्रबिरोधी रुपमा देखिएको निस्कर्ष निकालेको छ । बैठकले समाजवादी मोर्चालाई सुदृढ बनाउने, मधेस प्रदेशमा मोर्चामा सहभागी चार वटै राजनीतिक दलहरुलाई समाजवादी मोर्चा पुनःगठन गर्ने जिम्मा दिने र देशभर मोर्चा गठन गर्न बाँकी भएका ठाउँमा नेपाल समाजवादी पार्टीलाई संलग्न गरेर समाजवादी मोर्चा गठन गर्ने निर्णय भएको बताउनु भयो । बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले गरेको सहमति, डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीसँग सरकारले गरेको सहमति र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न दबाब दिने निर्णय भएको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘मंगलवार काठमाडौंमा गरेको कार्यक्रमको समीक्षा भएको छ । कार्यक्रम भव्य र शानदार भएको छ । त्यसले एउटा राम्रो सन्देश दिएको समीक्षाको निस्कर्ष छ । चार वटै पार्टीका साझा भावलाई महत्व दिनसके मात्रै प्रभावकारी बन्छ भन्ने हाम्रो निस्कर्ष छ । जिल्ला जिल्लामा समाजवादी मोर्चा गठन हुन बाँकी भए गठन गर्ने । गठन भइसकेका ठाउँका संरचनालाई सक्रिय बनाउने । नेपाल समाजवादी पार्टी सहितको देशभर बनेका प्रदेश र जिल्लाका संरचनामा यस पार्टीका सहभागितासहित पुनःगठन गर्ने । मधेस प्रदेशमा हेर्ने जिम्मा, समाजवादी मोर्चा गठन गर्ने जिम्मा चार वटै पार्टीले बाँडफाँड गरेर छिटो गर्ने । समाजवादी मोर्चालाई अझ सुदृढ गर्ने । राज्य सञ्चालकहरुको तरिका अलि बढी गणतन्त्रबिरोधी रुपमा देखिएको जस्तो छ । हामीसँग भएका सहमति कार्यान्वयन गर्न देशभरका समस्याका सम्बन्धमा जनप्रदर्शनसहितको बिरोध सभा गर्ने । त्यो चैत्र २४ गते हुनेछ । चैत्र पहिलो हप्ता मधेसमा जनसभा गर्ने । समाजवादी मोर्चा प्रकाशन गर्ने, फागुन अन्तिसम्ममा । सबै प्रदेशमा जन सभा कार्यक्रम गर्ने । समाजवादी मोर्चालाई फराकिलो बनाउने सन्दर्भमा मोहन विक्रमसँग कुरा गर्ने र साथै अन्य पार्टीहरुसँग कुरा गर्ने ।’


बैठकले मंगलवार मोर्चाले गरेको कार्यक्रमको समीक्षा गर्दै कार्यक्र म भव्य भएको निस्कर्ष निकालेको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...