समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव गौतम

author

समाचारपाटी

४ हप्ता अगाडि

राष्ट्रिय सभा सदस्य बामदेव गौतमले समाजवाद घोषणा गर्न अब ढिला गर्न नहुने बताउनुभएको छ । आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा समाजवाद घोषणा गर्ने समय भइसकेको बताउनु भयो । उहाँले समाजवादको बाटोमा हिँडे मात्रै समृद्ध बन्न सकिने जिकिर गर्नुभयो । अरू बाटोबाट हिँडे मुलुक गरिब र नेताहरू त्यहीँ गरिब जनतालाई ठग्ने भन्दा अरू नहुने बताउनु भयो । उहाँले भ्रष्टाचार नगरी नेता नबाच्ने, चुनाव नजित्ने र राज्यलाई धोका दिनै पर्छ भन्ने बाटोमा मुलुक रहेको बताउँदै त्यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा केही कुराको अभाव नरहेको बताउँदै समाजवादको बाटोमा अगाडी बढ्ने काम गर्नुपर्ने बताउनु भयो ।  

उहाँले भन्नुभयो, “समाजवाद घोषणा गर्ने बेला भयो, ढिला गर्नुहुँदैन । त्यही बाटोमा हिँड्नुपर्छ हामी समृद्ध हुन्छौँ । अरू बाटोबाट हामी गरिबको गरिब, गरिब जनतालाई ठग्ने नेता, त्यो भन्दा अरू हुँदैन । भ्रष्टाचार नगरी नेता बाँच्दैन, नेताले चुनाव जित्न पनि सक्दैन, केही न केही गर्नैपर्छ, राज्यलाई केही न केही धोका दिनै पर्छ, त्यस्तो बाटोमा लैजाने गरी आज जुन व्यवस्था भएको छ, त्यो व्यवस्था सबैलाई भ्रष्टाचार गर्न लगाउने व्यवस्था हो । यसलाई परिवर्तन गर्नुपर्छ । परिवर्तन गरेर अगाडी जाने काम गरौँ । अभाव केही छैन नेपालमा, सबै चिज नेपालभित्रै छ ।” 

उहाँले संविधानमा समाजवाद लेखिए पनि कार्यान्वयन नभएको भन्दै आपत्ति जनाउनु भयो ।

-न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२२.८७°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ