fbpx

गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सुशासनको परिधिमा ल्याएको सदस्यसचिव भट्टको दाबी

author

समाचारपाटी

१ year अगाडि

समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सुशासनको परिधिभित्र ल्याएको दाबी गर्नुभएको छ । 

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सदस्यसचिव भट्टले गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई नियमन गरी सुशासन कायम गराउन परियोजना स्वीकृत बजेट परिषद्ले गर्ने गरेको बताउनुभएको हो । उहाँले परिषद्ले गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी गरी एक आर्थिक वर्षमा ७६ अर्बको बजेट स्वीकृति गरेको जानकारी दिनुभयो । उहाँले ७६ अर्ब रकम आगामी तीन वर्षदेखि पाँच वर्षसम्मको लागि स्वीकृति दिएका परियोजनाको भएको बताउनु भयो ।  । उहाँले विगतमा समाज कल्याणमा आउँदै नआएर र सिधै खर्च गर्ने गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई राष्ट्र बैंक र अर्थ मन्त्रालसँगै छलफल गरेर परियोजनाको रकम समाज कल्याण परिषद्ले स्वीकृत बिना गर्नसक्ने व्यवस्था गरेको बताउनु भयो । उहाँले  एकद्वार प्रणालीबाट बजारमा भएको सबै रकम समाज कल्याणमा आएकाले धेरै देखिएको उल्लेख गर्नुभयो । सदस्य सचिव भट्टले परिषदद्ले बाहिरबाट आउने पैसाको अनुगमन गर्ने आफ्नै १८ बुँदे निर्देशिका रहेको भन्दै त्यहीअनुसार परियोजना स्वीकृत गरिने बताउनु भयो । उहाँले समाज कल्याणको नियमनमा नआएका विभिन्न संघ संस्थाहरुले अहिले ५ लाख पनि परिषद्को स्वीकृत बिना झिक्न नसक्ने अवस्था बनाएको भन्दै गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा सुशासन कायम गर्न सफल भएको बताउनु भयो । उहाँले पारदर्शी र सुशासन कायम गर्न परिषद्ले विभिन्न चेक लिष्टहरु बनाएर प्रवद्र्धन गर्दै आएको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘विभिन्न गैरसरकारी संस्थाहरुले खर्च गर्ने रकमको स्वीकृचि लिन विभिन्न कारणले नआएको अवस्था छ । समाज कल्याण परिषद्ले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको आयोजना सम्झौतामा अनुमोदन सहित करिव ४३ अर्ब र यही हाराहारीमा गैरसरकारी संस्थाहरुको गरेर एक आर्थिक वर्षमा ७६ अर्बको स्वीकृति अनुमोदन गरेका थियौं । विगतमा समाज कल्याणमा आउँदै नआएर सिधै खर्च गर्नेहरुलाई राष्ट्र बैंक र अर्थ मन्त्रालसँगै छलफल गरेर त्यो रकम समाज कल्याणको एकद्वार प्रणालीबाट नहुँदा बैंकले पैसा रोकिँदा बजारमा भएको सबै रकम समाज कल्याणमा आएर धेरै देखिएको हो । बाहिरबाट आएको पैसा होइन । बाहिरबाट आउने पैसाको अनुगमन गर्ने आफ्नै १८ बुँदे जनरल एग्रिमेन्ट छ । परियोजना स्वीकृत गर्ने पनि प्रक्रिया छ । त्यो सबै प्रक्रिया हेरौं । ७६ अर्ब हामीले समाज कल्याणको नियमनमा नआएका विभिन्न संघ संस्थाहरु अहिले ५ लाख पनि समाज कल्याण परिषद्को स्वीकृत बिना दिँदैन । हामीले त्यस्ता संस्थाहरुलाई सुशासनको परिधि भित्र ल्याएको हो भन्ने दाबी छ । गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई एकद्वार प्रणालीमा जानुपर्ने सबैको सल्लाहअनुसार गरेको हो । पारदर्शी र सुशासन कायम गर्न परिषद्ले विभिन्न चेक लिस्टहरु बनाएर प्रवद्र्धन गर्दै लगिरहेको अवस्था छ । ७६ अर्ब पनि आगामी तीन वर्षदेखि पाँच वर्षसम्मको लागि स्वीकृति दिएका परियोजना हुन । कतिपय अनुमोदान गर्न ट्याकमा ल्याउनुपरेको थियो । समाज कल्याणको नियमन नभएका संस्थाहरुलाई अनुगमन गरी पारदर्शी र क्षमता अभिवृद्धिका लागि परिषद्लाई प्रविधिमैत्री बनाउन लागेका छौं । पछिल्लो एक वर्षमा काम गर्दा भृकुटीमण्डपबाट हुने आम्दानीलाई ५ करोडबाट बढाएर १७ करोड पु¥याएका छौं । आन्तरिक वित्तीय सुशासन कायम गरेर नै पुर्याएको हो ।’

उहाँले नियमन नभएका संस्थाहरुलाई अनुगमन गरी पारदर्शी र क्षमता अभिवृद्धिका लागि परिषद्लाई प्रविधिमैत्री बनाउन लागेको बताउनु भयो । उहाँले पछिल्लो एक वर्षमा  भृकुटीमण्डपबाट हुने आम्दानीलाई ५ करोडबाट बढाएर १७ करोड पु¥याएको दाबी गर्नु भयो । उहाँले १ वर्षमा १२ करोड आम्दानी बढाउन परिषद्ले आन्तरिक वित्तीय सुशासन कायम गरेर सम्भव भएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...