fbpx

अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा हुनु नयाँ युगको प्रवेशः श्रममन्त्री शरदसिंह भण्डारी

author

समाचारपाटी

१ year अगाडि

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले भारत उत्तर प्रदेशस्थित अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा हुनुलाई नयाँ युगको प्रवेशका रुपमा लिनुपर्ने बताउनुभएको छ । 

सामेवार जनकपुरधामस्थित जानकी मन्दिरमा एक लाख बढी दियो बाल्न कार्यक्रममा सहभागिता जनाउँदै यस्तो बताउनुभएको हो । उहाँले भारत उत्तर प्रदेशस्थित अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठालाई विश्वका हिन्दु धर्मालम्बीहरुको लागि ठूलो पर्व भएको बताउनु भयो । उहाँले राम मन्दिरको प्राण प्रतिष्ठाले विश्वभरका भगवान श्रीरामको र सितारामको महिमाको जानकारी पाउने मौका पाएको बताउनु भयो । उहाँले भारत र नेपालबीच रोटीबेटीको सम्बन्ध नेपाली छोरी सीता र रामबीच भएको विवाहबाट शुरुवात भएको भन्दै दुई देशको सम्बन्धलाई कसैले व्याख्या गर्न नसक्ने बताउनु भयो । 

उहाँले भन्नुभयो,‘भारत उत्तर प्रदेशस्थित अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा गरेको दिनलाई नयाँ युगको प्रवेशको रुपमा लिएका छौ । हामी हिन्दु धर्मालम्वीहरुको लागि ठूलो पर्व हो । यसले विश्वभर नै भगवान श्रीरामको र सितारामको महिमाको जानकारी पाउने मौका पाएका छन् । भारत र नेपालबीचको रोटीबेटीको सम्बन्ध भन्छौं । नेपाली छोरी सीता र रामबीच भएको विवाहबाट सम्बन्ध कायम भएको थियो । दुई देशको यो सम्बन्धलाई सकैले ब्याख्या गर्न सक्दैन । भारतको अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठाले नेपालमा मात्रै नभएर विश्वमा रामप्रति आस्था राख्नेहरुको लागि ठूलो उत्सवको रुपमा लिएका छन् । गाउँ–गाउँ आन्दोलित र आन्नदित पनि भएका छन् । भारतका प्रधानमन्त्री नेरन्द्र मोदीले जुन अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा गर्ने पहल गरेर विश्वका हिन्दुहरुलाई एउटै मालामा ल्याउन सफल हुनु भएको छ । विश्व भाइचारको लागि पनि आजको दिनले नयाँ विगुल ल्याउने अपेक्षा छ ।’

उहाँले भारतको अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठाले नेपालमा मात्रै नभएर विश्वमा रामप्रति आस्था राख्नेहरुले ठूलो उत्सवका रुपमा लिएको बताउनु भयो । उहाँले गाउँघरहरु सबै आन्नदित भएको पनि बताउनु भयो । उहाँले भारतका प्रधानमन्त्री नेरन्द्र मोदीले अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा गर्ने पहल गरेर विश्वका हिन्दुहरुलाई एउटै मालामा ल्याउन सफल भएको दाबी गर्नुभयो ।

न्युज एजेन्सी नेपाल 


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन