fbpx

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा सरकारकाे ध्यानाकर्षण

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं l गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घले वित्तीय समानीकरण अनुदान कटौतीबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेटमध्ये पालिकामा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सरकारले कटौती गरेपछि महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा नियन्त्रक कार्यालयलाई गरेको पत्रमा गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारले हरेक वर्ष समानीकरण अनुदानमा कटौती गरिरहने प्रवृति गम्भीर भएको भन्दै उनीहरुले संयुक्त विज्ञप्तीमार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

सरकारबाट समानीकरण अनुदान शीर्षकमा स्थानीय सरकारमा निकासा हुनुपर्नेमध्ये तेस्रो किस्तामा विनियोजित रकमको २५ प्रतिशत निकासा हुनुपर्नेमा १३।२४ प्रतिशत मात्र निकासा हुने देखिन्छ ।

समानीकरण अनुदानसमेत कटौती गर्ने कार्यले वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा प्रश्न चिन्ह खडा भएको, पालिकाको सेवा प्रवाह र विकास निर्माण कार्यमा गम्भीर असर पुग्ने र योजना तर्जुमा गर्नुको औचित्यमा समेत प्रश्न खडा हुने विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै ससर्त अनुदानमा कटौती र समानीकरण अनुदानमा वृद्धि गर्दै वित्तीय सङ्घीयताको कार्यान्वयन गर्नुपर्नेमा सङ्घीय सरकार ससर्त अनुदान बढाउदै विनियोजन ऐनमा नै समानीकरणको आकार कम गर्ने र विनियोजन भइसकेको रकमसमेत घटाउने प्रवृतिले नेपाल सरकारले सङ्घीयता कार्यान्वयनमा देखाइरहेको तदारुकता र सकृयतासमेत कमजोर हुने स्थिती देखिएको पनि उल्लेख छ ।

आफूहरुको आग्रहलाई बेवास्ता गरिएकोमा सङ्घीयता कार्यान्वयनमा सरकार इमान्दार र प्रतिबद्ध नरहेको सन्देश जाने गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घको ठहर छ ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन