fbpx

५० एमपिको ३ वटा क्यामरा र ५ एनएम प्रोसेसर संगै, सामसुङले ल्यायो M14 5G बजारमा

author

समाचारपाटी

२ years अगाडि

नेपालको लोकप्रिय स्मार्टफोन ब्राण्ड, सामसङले ५० एमपिको ३ वटा क्यामरा, ६००० एमएएच ब्याट्री, ५ एनएम प्रोसेसरको साथ अन्य अरु पनि धेरै विषेशताहरु भएको ग्यालेक्सी एम १४ छन् मोबाइल बजारमा उपलब्ध गराएको छ ।

“ग्यालेक्सी एम सिरिजले सदैव हाम्रा ग्राहकहरुको माया प्राप्त गर्दै आएकोे छ । यही विरासत कायम राख्दै ग्यालेक्सी एम १४ ५ जि मोडल प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ । यो मोडल ५० एमपिको ३ वटा क्यामरा, ५ एनएम प्रोसेसर, ६००० एमएएच ब्याट्री, र ५जि ब्याण्डलाई साथ भविष्यको लागि पनि तयार रहेको मोन्स्टर ५ जि डिभाइस हो ।” मोबाइलको बारेमा जानकारी दिंदै सामसङ नेपाल, मोबाइल बिजनेसका डाइरेक्टर श्री प्रणय रत्न स्थापितले भन्नु भयो ।

मोन्स्टर क्लिक्स

ग्यालेक्सी एम १४ ५ जिमा ५० एमपिका ३ वटा क्यामराहरु रहेका छन् । एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्न सक्षम बनाउँदछ । यस्तै, यसमा सेल्फि खिच्नका लागि १३ एमपिको फ्रन्ट क्यामरा जडित छ । यसैले कुनै पनि बेला ग्यालेक्सी एम १४ ५ जिको अद्भुत क्यामराले तपाईंलाई शानदार फोटोहरु दिलाउनेछ ।

मोन्स्टर पावर
यसमा भएको विशाल ६००० एमएएच ब्याट्रीले ग्यालेक्सी एम १४ ५ जिलाई “पावर मोन्स्टर” बनाइदिएको छ, जुन बिना चार्ज २ दिनसम्म लगातार चल्न सक्छ । तपाईंले मोबाइलको ब्याट्री जीवनको कुनै परवाह नगरी घण्टौं घण्टासम्म लगातार ब्राउज एण्ड बिन्ज गर्न सक्नु हुनेछ । स्मार्टफोनले २५ वाटको तीव्र चार्जिङ्गलाई पनि सपोर्ट गर्ने भएकोले तपाईंको फोन छिट्टै चार्ज हुन सक्छ।

मोन्स्टर पर्फरमेन्स
ग्यालेक्सी एम १४ ५ जि “पर्फरमेन्स मोन्स्टर” पनि हो, जसमा अग्रणी ५ एनएम एक्जिनस १३३० प्रोसेसर जडित छ । यो चिपसेटले प्रयोगकर्ताहरुलाई कुनै बाधा बिना बहु कार्यहरु गर्न मद्दत गर्दै उत्कृष्ट पर्फरमेन्स प्रदान गर्दछ । यसमा पावर गुणदायक सिपियु संरचना छ र यसले उत्कृष्ट गेमिङ्ग अनुभवका लागि सहज र थ्री डि ग्राफिक्स उपलब्ध गराउँछ । ग्यालेक्सी एम १४ ५ जि मा भएको र्याम प्लस् विशेषताले १२ जिबिसम्म र्यामको क्षमता बढाउन सकिन्छ ।

मोन्स्टर मनोरन्जन

ग्यालेक्सी एम १४ ५ जि मा ६.६ इन्चको एचडि प्लस, ९० हर्ज डिस्प्ले उपलब्ध छ । ठूलो स्क्रिनले उपभोक्ताहरुका लागि सामाजिक सञ्जाल फिड मार्फत् स्क्रोल गर्न सजिलो बनाइदिन्छ । बिन्ज दर्शकहरुले सहजताका साथ आफ्नो प्रिय मनोरञ्जनको मज्जा लिन सक्नेछन् ।

मोन्स्टर कनेक्टिभिटी
ग्यालेक्सी एम १४ मा छन् नेटवोर्क पनि सहजताको साथ प्रयोग गर्न सकिने भएको ले, यो मोबाइल भविष्यको लागि तयार रहेको छ । तपाईं देश बाहिर जाँदा पनि यो छन् कनेक्टिभिटीको आनन्द उठाउन सक्नु हुनेछ ।

मोन्स्टर अनुभव
जब व्यक्तिगत डेटा र अनुप्रयोगहरू भण्डारण गर्ने कुरा आउँछ, त्यो बेला ग्यालेक्सी एम १४ ५
ले परिष्कृत सुरक्षा र गोपनीयताको लागि सुरक्षित फोल्डरलाई समर्थन गर्दछ । यसले भ्वाइस फोकसलाई पनि समर्थन गर्दछ र यसमा तपाईंको वित्तीय एप्लिकेसनहरु, निजी आइडिहरु र अन्य गोप्य कागजातहरु स्टोर गर्नका लागि सामसङ वालेट पनि उपलब्ध छ । यसैगरी यो मोबाइल एण्ड्रोइड १३ मा आधारित वान युआइ ५.१ कोर जडित छ । सामसङले ग्यालेक्सी एम १४ ५जिको लागि २ पुस्तासम्म ओएस स्तरोन्नति र ४ वर्षसम्म सुरक्षा अद्यावधिक प्रदान गर्नेछ ।

मेमोरीका प्रकारहरु, मुल्य र उपलब्धता
ग्यालेक्सी एम १४ ५ जि तीन आकर्षक रंगहरूमा उपलब्ध छ ( आइसाइ सिल्भर, बेरी ब्लू र स्मोकी टेल। ६ प्लस १२८ जिबियुक्त ग्यालेक्सी एम १४ ५ जि रु.२४,९९९÷ मा उपलब्ध छ । यो मोडल २०२३ मे ३ देखि देशभरका सबै शोरुमहरुमा बिक्रीका लागि उपलब्ध गराएको छ ।


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन