काठमाडौं I नेकपा एमालेबाट अलग भएर नयाँ राजनीतिक यात्रा थालेका नेता भीम रावल आज धनगढी पुगेका छन्। धनगढी विमानस्थलमा उनका समर्थकहरूले भव्य स्वागत गर्दै रावल जिन्दावादका नाराहरू लगाएका थिए।
समर्थकहरूले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मुर्दावादका नारासमेत लगाएका छन्।
रावलले धनगढी भ्रमणको क्रममा आफ्ना समर्थकहरूसँग भेटघाट गर्ने र अत्तरियामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। कार्यक्रमपछि उनी अछाम जानेछन्।