छाँया नेपाल। ललितपूर । ललितपूरको काठ क्षेत्रका महिलाको नेतृत्व र सीप विकास कार्यक्रममा सहकारीले अगुवाई लिन थालेको छ । केही सहकारीका कारण सहकारी क्षेत्रकै बदनाम भएको बेलामा सहकारीले महिलाको नेतृत्व र सीप विकास कार्यक्रमसुरु गरेको ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ९ मा रहेको ब्रम्हपुरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामशरण घिमिरेले बताउनुभयो ।
आज भएको कार्यक्रम सञ्चालन सीप विकास एवं नेतृत्व विकास कार्यक्रममा ललितपूरको लामाटार क्षेत्रका ४० भन्दा बढि महिलाको सहभागिता रहेको थियो । महिलाहरुको क्षमता र नेतृत्व बिकासको कार्यक्रमहरु सहकारीले नियमितरुपमागर्दै जाने सहकारीकर्मी राजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागिहरुलाई सीआईएनका प्रमुख दीपक आचार्यले प्रशिक्षण दिनुका साथै प्रमाणपत्र प्रदान गर्नुभएको थियो । आचार्यले केही सहकारीले गरेको गलत कामका कारण सहकारी क्षेत्र पुरै बद्नाम भएकालेसमुदायको आवस्यकता अनुसार यस्ता क्षमता विकासका कार्यक्रम गर्नु पर्ने बताउनु भयो । सहभागि महिलाहरुले यस्ता क्षमता विकास कार्यक्रमले आफूहरुलाई सामाजिक तथा राजनीतिक कार्यमा अगुवाई लिन सघाउने बताउनुभयाे ।