काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा शुक्रबार बिहान बस पल्टिँदा बसमा सवार ६ जना यात्रु घाईते भएका हुन् ।
घाइते भएका मध्य बर्दियाको बारबर्दिया नगरपालिका–५ बस्ने २० बर्षीय सुरज तिमल्सिना, नवलपरासीको कावासोती नगरपालिका–२ सरस्वति चोक बस्ने ४० बर्षीया लक्ष्मी पाण्डे र सल्यानको बुङकोट नगरपालिका ७ बस्ने २१ बर्षीय सुरज विश्वकर्माको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाईतेहरूलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ । बाँकी घाइतेको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ ।
उनीहरूको अवस्था भने सामान्य रहेको छ । नेपालगन्जबाट काठमाडौँ तर्फ आउदै गरेको ना ६ ख ४०५ नम्बरको बस अनियन्त्रित भई शुक्रबार बिहान सवा ७ बजे सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।