fbpx

जानकी मन्दिरमा विवाहपञ्चमीको तयारी अन्तिम चरणमा

author

समाचारपाटी

२ महिना अगाडि

जनकपुरधाममा प्रत्येक वर्ष मनाइने सीताराम विवाहपञ्चमीको अन्तिम तयारी चलिरहेको छ । प्रत्येक वर्ष एक हप्तासम्म मनाइने साताव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमीको तयारीमा अहिले जानकी मन्दिरको सरसजावटदेखि विभिन्न कार्यक्रमहरुको लागि आकर्षक किसिमको पण्डालहरु बनाइने काम भइरहेको जानकी मन्दिरको उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनु भयो । प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट जन्ती आउने गरेकाले यस वर्षको विवाहपञ्चमी महोत्सव विशेष रहेको उहाँले बताउनु भयो । मंसिर १६ गतेदेखि शुरु हुने विवाहपञ्चमी महोत्सव एक सातासम्म चल्ने भएकाले यसको तयारीको लागि विभिन्न समिति उपसमितिहरु गठन गरी सबै समिति उपसमितिहरुलाई विभिन्न कामको जिम्मा दिइएको छ । 


एक सातासम्म मनाइने सीताराम विवाहपञ्चमी मंसिर १६ गते नगर दर्शनबाट शुरु हुनेछ । दोस्रो दिन फूलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठौ दिन स्वयंवर तथा शुभ विवाह र सातौँ दिन राम कलेवा हुनेछ । रामकलेवाको भोलीपल्ट आयोध्याबाट आएका जन्तीलाई विदाई गर्ने कार्यक्रम राखिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले बताउनु भयो । यता विवाहपञ्चमी महोत्सवलाई मध्येनजर गर्दै मधेस सरकारले मधेस भवनको पुरानो पर्खाललाई मिथिला पेन्टिङले सिंगार्न शुरु गरेको छ । पेन्टिङमा मिथिलाको संस्कृति, रहनसहन, खानपान, र विविधता झल्किनेछ । ५० जना स्थानीय कलाकार खटिएका छन्, र २० लाख रुपैयाँ बजेटमा यो परियोजना सञ्चालन गरिएको छ । मिथिला पेन्टि गरिरहेकी पुनम झाले पर्खालमा सीताजीसँग सम्बन्धित चित्रहरु कोरिरहेको जानकारी दिनुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन