दाङ । सीता एअरले आजदेखि दाङ-काठमाडौं उडान गर्ने भएको छ । सीता एअरले दाङको टरिगाउँ विमानस्थलबाट आजदेखि नियमित उडान भर्न लागेको हो ।
सीता एअरले आफ्नो जहाज भाडा घटाएको छ । भाडा महंगो भएको गुनासोपछि एक हजार रुपैयाँ भाडा घटाएर आठ हजार रुपैयाँ बनाइएको क्षेत्रीय निर्देशक विनोद मीश्रले जानकारी दिनुभयो । यसअघि ९ हजार रुपैयाँ भाडा तोकिएको थियो ।
अहिले उडान गर्दै आएको नेपाल वायुसेवा निगमको जहाजले ८ हजार आठ सयदेखि ९ हजार १० रुपैयाँ भाडा लिदै आइरहेको छ । सीता एअरले काठमाण्डौबाट दाङ १२ बजेर १० मिनेटमा र दाङबाट काठमाण्डौ १ बजेर ३० मिनेटमा उडान गर्नेछ ।
सीता एअरसँगै दाङको टरिगाउँ विमानस्थलबाट सरकारी र निजी कम्पनीका गरेर दुईवटा जहाजले उडान भर्नेछन् ।