राष्ट्रिय भावनाले भरिएको गीत ‘किन हुँदैन’ मा सुगम, ल्याङ्ग्री, सिताको अभिनय

author

समाचारपाटी

२ years अगाडि

काठमाडौँ । प्रयास गरौं, परिश्रम गरौं, लगन लगाऊँ, अध्ययन गरौं। यो देशका युबा एकै भएर, सम्भावनाको सारथी बनौँ ।
माथिका शब्द गायक सुगम पोखरेलको नयाँ गीत ‘किन हुँदैन !’ को हो । सहास शाक्यको संगीत तथा संगीत संयोजन रहेको गीत गायनमा सुगमलाई गायिका संगीता प्रधानले साथ दिएकी छन् । गीतको शब्द चन्द्र प्रसाई‘परिष्कृत’ ले कोरेका हुन् ।

गीत राष्ट्रिय भावनाले भरिएको छ । गीतको मुल मन्त्र भनेको स्वदेश वा बिदेश जाँहाबाट पनि नेपालको हितमा काम गर्न सकिन्छ भन्ने हो । गीतमा गीतकार परिष्कृतले नेपाललाई माया गर्न र गर्यो भने देशमै सबै संम्भव भएको भावना ब्यक्त गरेका छन् । देश सफल र सबल हुनका लागी एकतामा अडेको दिगो बिकास आवस्यक रहेको गीतमा भनिएको छ ।

मुकम करोति वाचालम पंगुमलँगएते गिरिम।
यत कृपा तम हम वन्दे परमानन्द माधवम ।

गीत, निकै मार्मिक यो माथीको श्लोकबाट सुरु भएको छ। गीतको आलाप आरसी रिमालले गाएका छन्, र कोरसमा साहस शाक्य, आरसी रिमाल र सौगात खनालले साथ दिएका छन् । गीतको भिडियो पनि बनेको छ । जसमा गायक सुगम पोखरेल, ल्याङ्ग्री दादा, सिता सुवेदीको मुख्य अभिनय छ ।

सुरेन्द्र बसेलको निर्देशन रहेको भिडियोको छायांकन दिनेश पराजुरी र सम्पादन नबिन निरौलाले गरेका हुन् ।भिडियोको प्रोडक्शन हेड सरोज पोखरेल हुन्, भने निर्माता तेजी प्रसाई रहेकी छन् । भिडियोमा देशको गौरवको रुपमा रहेको बिभिन्न
कला संस्कृति समेत प्रस्तुत गरिएको छ । गीत, गीतकार संघ नेपालका आजिबन सदस्य गीतकार प्रसाईकै च्यानल प्रसाई सन इन्टरटेनमेन्ट टुयुट्वबाट सार्वजनिक भएको हो । एकदशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार परिष्कृतका शब्दमा थुप्रै गीत बजारमा आएका छन् भने धेरैले चर्चा समेत कमाएका छन् ।

https://www.youtube.com/watch?v=1jSwbDTNXo4


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’