गायिका सरिता भारतीकाे स्वरमा नयाँ गीत ‘मेरो मायाँ भनी’सार्वजनिक

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । गायिका सरिता भारतीले आफ्नो स्वरमा नयाँ गीत ‘मेरो मायाँ भनी’को भिडियो बिहिबार दर्शकमाझ ल्याएकी छिन् । यो गीतको भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ । अघिल्लो गीत तिम्रो मायाँले न हो। को सफलतापछि सरिताले यतिबेला आफ्नो अर्को नयाँ गीत ल्याएकी हुन् । उनले यस अघि डेढ दर्जन गीतहरु आफ्नो स्वरमा ल्याईसकेकी थिईन् ।


सरिताको यो नयाँ गीत नेपाली लोक पप जनरामा आधारित रहेर सेलो शैलीमा तयार गरिएको छ । गीतलाई आरजे सिंहले लेखेका हुन् । जसमा संगीतकार जुगल डँगोलको संगीत छ । गीतमा संगीत संयोजन पनि जुगलले नै गरेका हुन् । आर्टोम्युज रेकर्डिङ स्टुयोमा यो गीत तयार गरिएको हो ।

यो गीतको भिडियोमा गायिका सरितासँगै अभिनेता दिक्पाल कार्कीको अभिनय छ । भिडियोमा उनीहरु दुबै जना शेर्पा समुदायको चरित्रमा उत्रिएका छन् । गीतमा विवाहको हतार भएको जनाउँदै आफुलाई विवाह गर्नको लागि घरमा वुवासँग माग्न आउन अभिनेत्रीले अभिनेतालाई अनुरोध गरेकी छिन् । यस अघि पनि केही भिडियोमा सँगै अभिनय गरिसकेका दीक्पाल र सरिताको यो भिडियोमा केमेस्ट्री सुहाएको छ । दुबैको अभिनय प्रसँसनीय छ ।

यस अघि पूर्वेली, काठे, पश्चिमेली, देउडा, पर्व जस्ता विभिन्न लोकशैलीको गीत श्रोतामाझ ल्याईसकेकी सरिताले यसपटक सेलो शैलीको गीत ल्याएकी छिन् । हिमाली क्षेत्रको लोक धुनलाई फ्युजन गरेर यो सेलो लोकपप गीत तयार पारिएको उनले बताएकी छिन् । नेपालमा विभिन्न जाती जनजातिहरुका आ आफ्नै प्रकारका लोक भाकाहरु रहेकाले ती भाकालाई आफुले क्रमस एक पछि अर्को गर्दै नयाँ रुपमा ल्याउँदै गरेको सरिताले बताईन् । अहिलेको गीत मेरो मायाँ भनी।।।नेपालको हिमाली क्षेत्रमा रहेका शेर्पा समुदायको लोक शैलीमा तयार गरिएको पनि सरिताको भनाई छ । गीतको म्युजिक भिडियो पनि सोही अनुसारले निर्माण गरिएको सरिताले बताएकी छिन् । भिडियोलाई विलक्षण क्रियसन प्रा।लि।ले निर्माण गरेको हो । आफ्नो गीत र भिडियोले यतिबेला राम्रो प्रतिक्रिया पाएको सरिताले बताएकी छिन् ।

यो गीतको म्युजिक भिडियोको निर्देशन उमेश गुरुङले गरेका हुन् । गीत अनुसारले भिडियोलाई तयार गरिएको छ । जसमा कृष्णबहादुर थापाको छायाँकन, निर्देशक उमेशकै सम्पादन, सुरेश राउतको कलर करेक्सन रहेको छ ।

https://www.youtube.com/watch?v=eza6tYdTPjg


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन