देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी र प्रतापको सहकार्यको ‘नौली हदेली’ सार्वजनिक

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौंँ । देउडा फ्युजनकी रानी भनेर परिचित सुदुरपश्चिकी गायिका लक्ष्मी आचार्यले नयाँ गीत ‘नौली हदेली’ ल्याएकी छन् । उनको यो यो गीत पनि देउडा फ्युजनमै रहेको छ । यसअघि उनले ल्याएको देउडा फ्युजन गीत ‘भन साली’ दर्शकले अत्याधिक रुचाएका थिए । यसको अलवा उनले ल्याएको ‘ओ मेरी भाउजु’, ‘लाई हेलकालो टिको’, ‘जोई प्यारी’ ’जारीकी’, ‘रतन चढी इजु’ लगायत गीत पनि सुपरहिट भएको थियो ।

टिपिकल गीतबाट राष्ट्रिय परिचय समेत बन्न गाह्रो भएको समयमा अन्तराष्ट्रिय चर्चाका लागि आफुले देउडा फ्युजनमा बनाएको ने गायिका आचार्य बताउँछिन् । ‘हिजोको दिनमा देउडा नसुन्ने पुर्वमा पनि फ्युजनमा कारणले सुन्न थालेका छन्’, गायिका आचार्य भन्छिन् ‘ देउडा गीत, लय सबैमाझ पुर्याउने हिसावले फ्युजन थालेकी हुँ ।’ विदेशमा समेत चर्चा कमाउन सफल उनकाे टिपिकल गीतबाट अन्तराष्ट्रिय पहुँच बनाउन कठिन हुने धारणा राख्छिन् । विगत १४ बर्षदेखि गायनमा सक्रिय उनले‘नौली हदेली’ गीत नेपाल आइडलबाट चिनिएका गायक प्रदाप दाशसँगको सहकार्यमा गाएकी छन् । गायक प्रतापको देउडा गीत यो नै पहिलो हो । देउडा सुदुरपश्चिमको निकै मिठो र राम्रो कल्चर भएको कारण गाउँन पाएकोमा दाश एकदमै खुसी छन्। पहिलो पटक देउडा गाएपनि प्रतापले गीतलाई भने न्याय गरेका छन् । ‘म सुदुरपश्चिममा कार्यक्रम गइरहन्थेँ र देउडा गीत अहिलेसम्म गाएको थिइन’, दाशले भने ‘यो गीतले मलाई सुदुरपश्चिमसँग झन् जिक गराएको छ ।’

‘नौली हदेली’ गीतमा माया प्रेममा रहेका साली भिनाको कथा समेटिएको छ । विवाह गर्छु भनेर बचन दिएर अर्काेसँग
सम्बन्ध बनाउने भिनालाई केही बर्षपछि भेट हुँदा साली गर्ने प्रश्न र भिनाले दिने जवाफ गीतमा छ । गीतको शब्द तथा संगीत गायिका आचार्यकै हो, भने एरेन्ज देवेश राइले गरेका हुन् । गीतको भिडियोमा अभिषेक खड्का र मिस पविको अभिनय छ ।
भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । गीत गायिका आचार्यले आफ्नै अफिसियल युट्युब च्यानल लक्ष्मी आचार्यबाट ल्याएकी हुन् ।

https://www.youtube.com/watch?v=PKPXwDT0q9M

https://www.youtube.com/watch?v=PKPXwDT0q9M


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२१.२२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ