fbpx

गायिका एलिना चौहानको अमर्यादित व्यवहारप्रति साउण्ड सिस्टम व्यवसायीको आपत्ति

author

समाचारपाटी

१ year अगाडि


बिगत लामो समयदेखि राज्यको सम्पूर्ण नीति नियमभित्र रहेर आफनै देशमा लगानी गरी साउण्ड सिस्टमको व्यवसाय सञ्चालन गरिरहेका हामी व्यवसायीहरू र त्यसमा आवद्ध साउण्ड इन्जिनियर, टेक्निसियनमाथि यही फागुन २० गते आइतबार पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा गायिका एलिना चौहानले गरेको अमर्यादित र अभद्र व्यवहारले ध्यानाकर्षण भएको हुँदा खेद व्यक्त गर्दछौँ ।

साउण्ड सिस्टम कम्पनी र कलाकारहरूबिच आपसी परिपूरक सम्बन्ध हुन्छ, हामीस्पिकर र एमप्लिफायरलाई पूजा गर्छौ, यसैको माध्यमबाट कलाकारको कर्णप्रिय आवाज दर्शक÷स्रोता कानसम्म पुग्छ । हामी कलाकारलाई राष्ट्रको गहनाका रूपमा इज्जत गर्नुपर्छ भन्ने मान्यतामा विश्वस्त छौँ । तर त्यही साउण्ड सिस्टम र स्पिकरलाई दोष दिई साउण्ड इन्जिनियरलाई गालीगलौज गर्ने जस्ता अभद्र व्यवहार गायिका एलिना चौहानले गरेको हुँदा हामी सम्पूर्ण साउण्ड कम्पनी, इन्जिनियर र टेक्निसियनहरू निन्दनीय व्यवहारको घोर भत्र्सना एवम् विरोध गर्छौँ । चौहानले कुश्मामा सञ्चालित कार्यक्रममा मात्रै होइन यस अघि पनि मञ्चमा थुप्रै पटक साउण्ड सिस्टमलाई सराप्ने र टेक्निसियनलाई गालीबेइज्जती गर्ने हर्कत गरिसकेकी छन् । जुन कार्यक्रममा गएपनि उनले ‘साउण्ड मिलेन’ भन्ने बानी नै परिसकेको छ । आफू चर्चित गायिका बनिसकेको आत्मरति र घमण्डले एलिनालाई नोक्सानी नहोस् भन्नेतर्फ पनि हामी सचेत छौँ ।

अनुशासन र आचार संहिता सबैका लागि हो । कलाकार राष्ट्रका पुँजी र परिवर्तनका लागि चेतनाको चिराग हुन् भन्ने सत्यलाई आत्मसात गर्छौ । यद्यपि कलाकारले पनि आफ्नो इज्जत, प्रतिष्ठा र गरिमालाई कायम राख्न टेक्निसियनसँग सद्भावपूर्ण व्यवहारको आवश्यकता अपरिहार्य छ । ‘नाँच्न नजान्ने अनि आँगन नै टेडो रहेछ’ भनेर खोट लगाउने सनातन संस्कारको धङधङ्गीबाट माथि उठ्नुपर्छ । आफ्नो गायन प्रस्तुति स्वरका कारण फितलो र फिक्का भएपछि आयोजकले तय गरेको ‘साउण्ड सिस्टम’ लाई दोष दिएर प्रस्तुति दिदाँदिदै झन्कने, रिसाउने, धुर्की लाउने, अपशब्द प्रयोग गर्ने र मपाइत्व देखाउने जस्ता क्रियाकलापले हामीलाई व्यवसायी र टेक्निसियनलाई गम्भीर आघात पर्नुका साथै अपमानबोध भएको हुँदा भावी दिनमा यसप्रकारका हर्कत नगर्न गायिका एलिना चौहानलाई सचेत गराउँछौँ ।

निज एलिना चौहानले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म तल उल्लेखित साउण्ड सिस्टम कम्पनी सञ्चालक, साउण्ड इन्जिनियर, टेक्निसियनहरूले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगमी दिनमा साउण्ड सिस्टम उपलब्ध नगराउने घोषणाको जानकारी समेत गराउँछौँ । योे प्रकरणमा मुलुकभरिका साउण्ड कम्पनीहरूलाई ऐक्यवद्धता जनाउन अपिल गर्दै सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीज्यूहरूलाई समाचार सम्प्रेषणका लागि हार्दिक अनुरोध गर्दछौँ ।

आपत्ति जनाउने संस्थाहरू : सञ्चालक हस्ताक्षर

१. जि. के. साउण्ड सिस्टम गमबहादुर क्षेत्री……………….
२. एस. के. साउण्ड लाइट एण्ड म्युजिक स्टोर्स : शेरबहादुर गुरुङ
३. साउण्ड गार्डेन: प्रकाश श्रेष्ठ
४. मञ्जित साउण्ड सिस्टम : मञ्जित जैसवाल
५. जोजिजू म्युजिक एण्ड साउण्ड सिस्टम सर्भिस :विनित जोजिजू
६. एविज साउण्ड सिस्टम : एविज गुरुङ


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...