आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने हो“ सार्वजनिक

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं, । गायक आश्रम गुरुङ र गायिका रुपी सिङ्जाली मगरको स्वरमा रहेको “खाडी छिर्ने हो” गीतको भिडियो सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली समाजमा व्याप्त पीडा, बाध्यता र आशालाई संगीतको माध्यमबाट उजागर गर्ने उद्देश्यले लोक गीत “खाडी छिर्ने हो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक गरिएको हो । गीतले खाडी मुलुकतर्फ रोजगारीको खोजीमा जाने लाखौं नेपाली युवाको कथालाई समेटिएको छ ।

गीतको शब्द तथा संगीत स्यम गायक आश्रम गुरुङले गरेका हुन्, जसले गीतलाई आत्मीय र वास्तविक बनाएको छ। संगीत संयोजन सुनिल परियारले गरेका छन् भने अडियो मिक्सिङ बिनोद परियारको रहेको छ। गीतको ध्वनिमा नेपाली मौलिक बाजाहरूको समावेशले अझ गहिरो प्रभाव पारेको छ। बाँसुरी र सारंगीको मार्मिक रत्न बिके र हेमन्त कान्छा रसाइलीले प्रस्तुत गरेका छन । गिटार सरोज विष्टले सम्हालेका छन् भने ढोलक, तबला र माडल जस्ता परम्परागत बाजाहरू भुवन गण्डर्ब र पोशन घर्ती मगरले बजाएका छन् । स्टुडियोका रेकर्डिस्टहरूमा रमेश खड्का र रोजित महर्जन रहेका छन्।

दृश्य सम्पादन र निर्देशन अर्जुन महर्जनले गरेका छन्। क्यामेरा अनुज काजीले सम्हालेका छन्। गीतमा आश्रम गुरुङ, रुपी सिङ्जाली मगर, किरण गुरुङ, विजय परियार, कालिदास स्वर्णकार, बलराम ओली र राजन गुरुङको सशक्त अभिनय देख्न सकिन्छ। गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=akfVPBIRHQY&t=15s


काठमाडौं

सोमवार, असार २३, २०८२

२२.२५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन