काठमाडौं । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–७ झ्याडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । हिजो बेलुका ७ बजेतिर बा २ ख ८४२२ नम्बरको बस दुर्घटनामा परेको हो ।
जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिकाको पाटीगाउँ जाँदै गरेको बस चौतारा साँगाचोकगढी नगरपालिका–७ झ्याडीमा ब्रेक फेल भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइते सबैको जिल्ला अस्पताल चौतारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।