काठमाडौं । सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको जीवनको विशेष दिन अन्ततः आइपुगेको छ । यो जोडीलाई श्रीमान्–श्रीमतीको रुपमा हेर्न बसेका फ्यानहरुको यो चाहना अबको केही घण्टामै पूरा हुने भएको छ ।
फेबरवरी ७ गते साँझ चार बजे दम्पतीले सात फेरा हुनेछन् । सिद्धार्थ र कियाराले सात चक्कर लगाउने ठाउँ महलभन्दा कम छैन ।
सिद्धार्थ र कियाराको बिहेमा करण जोहर, शाहिद कपुर लगायत धेरै सेलिब्रेटीहरुको उपस्थिति रहनेछ । हल्दी, संगीत, मेहेन्दी जस्ता प्रिवेडिङ समारोहहरू सकिएका छन्।
अहिले सबैको नजर उनीहरुको विवाहको तस्विरमा छ । सिद्धार्थ र कियाराको विवाह जैसलमेरको सूर्यगढ प्यालेसमा हुने भएको छ । उनले सात फेरा लगाउने ठाउँको नाम ‘बावडी’ हो ।

