fbpx

आजदेखि टेकु शुक्रराज ट्रपिकल अस्पतालबाट फाइजरको बुस्टर डोज लगाइने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । आजदेखि फाइजरको बुस्टर डोज टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगाइने भएको छ । अस्पतालका इमरजेन्सी इन्चार्ज लिलानाथ भण्डारीले बिहान १० बजेदेखि ३ बजेसम्म बुस्टर डोज लगाइने व्यवस्था मिलाइएको जानकारी दिनुभयाे।

भण्डारीले भन्नुभयाे,‘हामीले वुस्टर डोज खोप लगाउने व्यवस्था मिलाएका छौं । अब आजदेखि बुस्टर डोज दिइनेछ ।’ मुख्यतः बुस्टर डोज नपाएर विदेश जाने यात्रुहरु अफ्ठेरोमा परेका थिए ।

गत सोमबार कोरोना भाइरस संक्रममणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोप सोमबार नेपाल आएको थियो । ‘खोपका लागि ग्लोबल एलायन्स’(गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो ।

सोमबार ३ लाख ४५ हजार ६ सय मात्रा खोप आएको हो । यसअघि फागुन १ र फागुन ४ गते ३ लाख ४५ हजार ६ सय मात्राका दरले खोप आएको थियो । गाभीले कोभ्याक्स सुविधामार्फत् जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ‘बाइभ्यालेन्ट’खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ । नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ ।

सोमबारसहित बुस्टर डोजका लागि १० लाख ३६ हजार ८ सय मात्रा खोप नेपाल आएको छ । अब ४ लाख ६३ हजार मात्रा खोप आउन बाँकी छ ।


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन