fbpx

पोखराको शिवशक्ति माविमा शैक्षिक अवस्था सुधार्न आचारसंहिता जारी

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा ११ फूलवारीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठक सोमबार सम्पन्न भएको छ । संयुक्त बैठकले विद्यार्थीको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि २१ बुँदे आचारसंहिता सर्वसम्मतले पारित गरेको छ । आचारसंहिताको पालनाले विद्यालय प्रति विद्यार्थी तथा अभिभावकको आर्कषण बढ्ने मात्र नभएर विद्यालयको शैक्षिक स्तरमा थप सुधार हुने विश्वास गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर बाँस्तोलाको अध्यक्षतामा बसेको बैठकमा अन्तिम परीक्षाको नतिजाको बारेमा समेत बृहत छलफल भएको छ । बैठकमा शिक्षक तथा कर्मचारीका तर्फबाट आफ्नो भनाई राख्दै सहायक प्रधानध्यापक बालकृष्ण बाँस्तोलाले विद्यालयको वर्तमान  अवस्था र विद्यार्थीलाई आउँदा दिनमा कसरी सक्षम र सबल बनाउन सकिन्छ  भन्नेमा जोड दिनुभयाे ।

विद्यालयका प्रधानध्यापक शम्भुराज बाँस्तोलाले विद्यालय अंग्रेजी माध्ययममा गइसकेको तथा प्रविधिलाई आत्मसाथ गर्दै अब अगाडि बढ्ने बताउनुभयाे । उहाँले प्रत्येक शिक्षकले विद्यालयमा बालमैत्री वातावरण बनाउनुपर्ने कुरामा जोड दिँदै विद्यालय भर्ना अभियानलाई सशक्त्त रुपमा अगाडि बढाउनुपर्नेमा सुनाउनुभयाे । शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिको संयुक्त प्रयासबाटनै लक्ष्यमा पुग्न सकिने भएकोले विद्यार्थी तथा अभिभावकको आर्कषण थप्ने अभियानमा जुट्न उहाँको आग्रह थियो ।


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा