कास्कीको शिवालय माध्यमिक विद्यालयमा शिक्षकलाई ४० हजार रुपैयाँ नगदसहित सम्मान

author

समाचारपाटी

२ years अगाडि

पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा निजी स्रोतमा कार्य गरेका एक शिक्षकलाई नगद रु. ४० हजार रुपैयाँसहित सम्मान गरी बिदाइ गरिएको छ ।

शुक्रबार विद्यालयमा आयोजित शिक्षक बिदाइ तथा सम्मान कार्यक्रममा झण्डै १७ वर्षसम्म निजी स्रोतमा रही कार्य गरेका शिक्षक सुकबहादुर थापालाई विद्यालयले नगदसहित सम्मान गर्दै बिदाइ गरेका हो ।

२०६२ देखि विद्यालयमा कार्य गर्नुभएका उहाँले उमेर हदका कारण गत फागुन १ गतेदेखि स्वैच्छिक अवकाश लिनुभएकाे थियाे । उहाँले विद्यालयमा कार्यरत रहँदा गरेको योगदानको कदर गर्दै नगदसहित सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाले जानकारी दिनुभयाे ।

उहाँसँगै शिक्षिकात्रय बिना तिमल्सेना, पार्वती श्रेष्ठ र सङ्गीता ओझालाई पनि सम्मानसहित बिदाइ गरिएको थियो । तिमल्सेना र ओझा शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकमा सिफारिस भएकाले र श्रेष्ठको सरुवा भएकाले विद्यालयबाट बिदाइ गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयको चौतर्फी विकासका लागि बिदाइ भएर गएका शिक्षकहरूले गरेका योगदानको प्रशंसा गर्नुभयाे । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्षसमेत रहनुभएका सुवेदीले आफू अध्यक्ष हुँदा विद्यालयको विकासका लागि गरिएका प्रयासहरूमा सबैले होस्टेमा हैँसे गरेको स्मरण गर्नुभयाे ।

कार्यक्रममा बिदाइ भएर जाने शिक्षकहरूले विद्यालयले प्रविधिमैत्री ढङ्गले सञ्चालन गरेको सिकाइ सहजीकरण प्रक्रिया जहाँ गए पनि बिर्सन नसक्ने धारणा राख्नुभएकाे थियाे । उहाँहरूले शिक्षकको क्षमता वृद्धि र उत्प्रेरणामूलक कार्यमा विद्यालयले गरेको सहयोगले जुनसुकै ठाउँमा गएर पनि शिर ठाडो गर्न सकिने परिस्थिति सिर्जना गरेको स्मरण गर्नुभयाे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, पूर्व प्रधानाध्यापक जयराम सुवेदी, शिक्षक–अभिभावक सङ्घकी शिक्षक प्रतिनिधि शान्ता तिमल्सेना, शिवालय बाल क्लबकी अध्यक्ष करिना ओझालगायतले बिदाइ भएर जाने शिक्षकहरूलाई बधाई र शुभकामना दिनुभएकाे थियाे ।


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...