पोखरामा शिव शिखरबाट सामान उठाउनेदेखि जग्गा लिनेसम्म सहमति

author

समाचारपाटी

२ years अगाडि

पोखरा । शिव शिखर सहकारीको पोखरा शाखाका बचतकर्ताले सहकारीको डिपार्टमेन्टल स्टोरबाट रकम बराबरको सामान उठाउनेदेखि जग्गा लिनेसम्मको सहमति गरेका छन् । ११ जना सञ्चालकलाई भने ८ वर्षसम्म जेल सजायको माग दाबी गर्दै अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेका छन् ।

शिव शिखर सहकारीले पोखरामा सेवा केन्द्र भनेर दुई ठाउँमा सहकारी कार्यालयकै रुपमा कारोबार गर्दै आएको थियो भने २ वटा डिपार्टमेन्टल स्टोरसमेत चलाइरहेको थियो । शिव शिखर सहकारीका सञ्चालकले रकम हिनामिना गरेको सार्वजनिक भएपछि पोखराका बचतकर्ता पनि पोखरा महानगरदेखि, सहकारी विभाग हुँदै प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)सम्म पुगेका थिए ।

पोखरामा शिवशिखरले पर्स्याङ र चाउथेमा दुई वटा सहकारी, २ डिपार्टमेन्टल स्टोर र खाद्यान्न सप्लाई गर्ने भन्दै शिव शिखर एग्रो मार्ट चलाउँदै आएको थियो । सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना गर्दै अन्य क्षेत्रमा लगानी गरेको सार्वजनिक भएपछि यसका सञ्चालक केदारनाथ शर्मासहित पुष्कर मल्ल, अमिशराज भण्डारी र गीता शर्मा पक्राउ परिसकेका छन् । शिव शिखरका ११ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये सुशील बानियाँ, भोजराज पौडेल, तेजबहादुर तामाङ, दीपकबहादुर वयर, राजु साखकर्मी, लिलानाथ गौतम, रमेश न्यौपाने अझै फरार छन् ।

काठमाडौंमा यो सहकारीका मुख्य सञ्चालक केदार शर्मा पक्राउ परेसँगै पोखरामा पनि बचतकर्ताबाट जाहेरी लिन सुरु गरिएको थियो । पोखरामा १ हजार जना बचतकर्ताले ५४ करोड २३ लाख ८५ हजार ३६८ रुपैयाँ माग दाबीसहित किटानी जाहेरी दिएका छन् ।

ठूलो रकम बचत गर्नेले जग्गा लिन चाहेमा त्यसको विकल्प पनि दिइएको छ । जग्गा लिन चाहनेले चल्तीको भाउमा देशको जुनसुकै ठाउँबाट पनि जग्गा लिन सक्ने सहमति भएको हो ।

प्राप्त जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ताका लागि फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको छ । ११ जना सञ्चालकविरुद्ध ५४ करोड २३ लाख ८५ हजार बिगो र ६ देखि ८ वर्ष जेल सजायको माग दावीसहित मुद्दा दर्ताकोे तयारी भएको हो ।

पक्राउ पर्नेहरुलाई पोखरा झिकाएर बयान लिएर पठाइएको थियो । अनुसन्धानमा शिखर अर्गनाइजेसनको नाममा रकम गएको देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । भक्तपुरको अनुमति लिएर पोखरामा सेवा केन्द्रका नाममा रकम उठाउने, कारोबार गर्ने गरेको पाइएको इन्स्पेक्टर सुवास तिमिल्सिनाले जानकारी दिनुभयाे । पोखरामा जम्मा भएको रकम सिधै काठमाडौं जाने गरेको थियो ।

पोखरामा डिपार्टमेन्टर स्टोर देखाउँदै विभिन्न स्किमहरु दिँदै र धेरै ब्याजदर दिने भन्दै शिव शिखरले बचतकर्ता आकषिर्त गरेको थियो । शिव शिखर पीडित संयोजन समिति संयोजक देकराज तिमिल्सिनाका अनुसार सहकारीमा बचत गर्नेलाई पोखराका २ वटा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोरबाट छुट दिने स्किम ल्याएको थियो । कर्मचारीका निम्ति पनि छुट्टै खालको स्किम ल्याएर सहकारीमा आकषिर्त गरेको थियो ।

पोखरामा चटपट बिक्री गर्ने नागरिकका सानो बचतदेखि डेढ करोड रुपैयाँ बचत गर्ने धनाड्यसम्म छन् । शिव शिखर अन्तर्गतका देशैभरिका सहकारीमा समस्या आएपछि पोखरामा पनि रकम डुब्ने डरले बचतकर्ता अत्तालिएका थिए । ५ दिनअघि मात्र शिव शिखरका प्रतिनिधि र बचतकर्ताले समान बुझ्नेदेखि जग्गा लिनेसम्मको सहमति गरेका छन् ।

सञ्चालक केदार शर्माको प्रतिनिधि बनेर डा. विजय भट्टराई र गोपालबहादुर थापा वकिलसहित पोखरा आएका थिए । उनीहरु र बचतकर्ताबीच विभिन्न सर्तहरुमा २०८१ सालभित्र सबै बचत रकम फिर्ता गर्ने गरी सहमति भएको हो ।

सहकारीमा १० हजारसम्म बचत हुनेले डिपार्टमेन्टल स्टोरबाट सामान लैजाने सहमति भएको हो । त्यही सहमतिअनुसार पासबुक चेक गरेर बुधबारबाटै १० हजारसम्म बचत हुने सामान लैजान सुरु गरेका छन् । बुधबारमात्र १०५ जनाले ५ लाख बराबरको सामान लगेका छन् । यो बिहीबार पनि जारी रहने छ ।

कात्तिक १५ देखि १० हजारदेखि १ लाखसम्मका बचतकर्तालाई नगदै फिर्ता दिने लिखित सहमति भएको छ । १ लाखदेखि ५ लाखसम्म माघ १ बाट भुक्तानी दिने सहमतिमा उल्लेख छ । २०८१ वैशाख १ देखि ५ लाखभन्दा माथिको भुक्तानी दिने सहमति भएको पीडित संयोजन समिति संयोजक तिमिल्सिनाले जानकारी दिनुभयाे ।

ठूलो रकम बचत गर्नेले जग्गा लिन चाहेमा त्यसको विकल्प पनि दिइएको छ । जग्गा लिन चाहनेले चल्तीको भाउमा देशको जुनसुकै ठाउँबाट पनि जग्गा लिन सक्ने सहमति भएको हो । सहकारीबाट सबै पैसा डुब्ने हो कि भन्ने चिन्ताका बीच विकल्पसहित सहमति गर्न बाध्य भएको तिमिल्सिनाले बताउनुभयाे ।

शिव शिखर सहकारीले पोखरा र बागलुङमा डिपार्टमेन्टल स्टोर्ससमेत चलाइरहेको थियो भने लमजुङमा तयारी गरिरहेको थियो । शिव शिखर सहकारीले म्याग्दीमा समेत कार्यालय खोलेर कारोबार गरेको थियो ।

onlinekhabar


काठमाडौं

बुधबार, असार २५, २०८२

२२.८९°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन