fbpx

जोगिन्दर’को ‘ठग– ठाग कम्पनी’मा राजनीतिदेखि कलाकारसम्म झटारो

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौँ । हास्य र ब्याङग्य को पर्व 'गाईजात्रा’लाई लक्षित गर्दै हरेक बर्ष विभिन्न हास्यब्यङग्य सामाग्री भित्रिने गर्दछ । यस्तैमा
लोकप्रिय कलाकार शिव शंकर रिजाल 'जोगिन्दर’ले आगामी 'गाइजात्रा’लाई लक्षित गर्दै गाईजात्रे कमेडी 'ठग –ठाग कोसेली’ ल्याएका छन् ।

दर्शक तथा स्रोतालाई हास्यब्यङग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिन र बिकृति बिसंगतीमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उदेश्यले उनले 'ठग –ठाग कोसेली’ ल्याएका हुन् । बिगत २२ बर्षदेखि नियमित नियमित ब्यङग्य का कोसेली दिर्दै आएका जोगिन्दरको 'ठग –ठाग कोसेली’ ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । अहिलेको राजनीतिक घटनाक्रम,
सामाजिक बिकृति बिसंगतिदेखि, फेसन र ग्ल्यामरसम्मलाई उनले 'ठग –ठाग कोसेली’मा ब्यङग्यको मसला बनाएका छन् ।
लेखन, निर्देशन, प्रस्तुति समेत जोगिन्दर’कै रहेको 'ठग–ठाग कोसेली’मा प्यारोडी पनि छ ।

यसपटक उनले 'काले केटाले’ भन्ने चर्चित गीतमा प्यारोडी बनाएका छन् । गीतमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेपाली कांग्रेसका
सभापति शेरबहादुरसम्मलाई उतारेका छन् । रिजालको 'ठग– ठाग कम्पनी’ २२औं कोसेली हो ।

गतवर्ष उनले 'लुछाचुँडी’ ल्याएका थिए । जोगिन्दरको 'ठग– ठाग कम्पनी’मा राधिका हमाल, गोपाल ढकाल 'छन्दे’, दिनेश काफ्ले ,सुरेश तिमिल्सेना, सिला उप्रेती, शिवराम कार्की, सोनम शेर्पा, बिजेन्द्र नौबागे, धिरेन्द्र सिंह, साबित्री लामिछाने, पोसना श्रेष्ठ, बेदमणि अधिकारी र प्रेम शर्मा पौडेल रहेका छन् । ठग– ठाग कम्पनी’को पोष्ट प्रोडक्सन कोचे मिडियाले गरेको हो ।

गाइजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव भएकोले सधैँ झैँ यो वर्षपछि गाईजात्रे झटारो ल्याएको कलाकार रिजालले बताए । अहिले यस्ता कोसेलीको ब्यवसायिकता त छैन’, रिजालले भन्नुभयाे। बर्षेनी दर्शकश्रोता मेरो कोसेलीको पर्खाइमा
बस्नुहुन्छ ।’ दर्शकको मायाले गर्दा पनि यो बर्षपनि गाईजात्रे कमेडीमा निरन्तरता दिएको रिजालको भनाई छ । हरेक बर्ष झै यो बर्ष पनि दर्शकले माया दिनुहुन्छ भन्ने बिश्वास छ’, रिजालले थपे । विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यब्याङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु हास्य कलाकारको धर्म नै मान्दछन् ।
शिवशंकर अहिले 'नाचघरमा आयोजना हुने'गाईजात्रा कार्यक्रम’को तयारी छन् ।

https://www.youtube.com/watch?v=Pv4AJOEKn8Q


काठमाडौं

बुधबार, अशोज २, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ :...

काँग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैनः काँग्रेस सांसद रोकाय

सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि

मेयर बालेनले भने: नयाँ मापदण्ड अन्तर्गत कुनै घर भत्किने...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

गीतकार प्रमिला बस्नेतको मौलिक तीज गीत “माया बस्यो संगिनी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन