हास्य कलाकार’जोगिन्दर’को गाईजात्रे कमेडी कोसेली लुछाचुँडी

author

समाचारपाटी

२ years अगाडि

काठमाडाैँ । लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल जोगिन्दर’ ले आउदो गाईजात्रालाई लक्षित गर्दै गाइजात्रे
कमेडी कोसेली 'लुछाचडी’ ल्याउनुभएकाे छ । दर्शक तथा श्रोतालाई हास्यब्याब्ग्यको माध्यमबाट बिशुद्ध मनोरञ्जन दिने उदेश्यले उहाँले लुछाचुँडी’ सार्वजनिक गर्नुभएकाे हाे । ओएसआरको युट्युव च्यानल मार्फत सार्वजनिक लुछाचुँडी ’मा देशमा सबैको चासो र चिन्ताको बिषय रहेको भष्टाचार मुख्य मुद्धाको रुपमा निकै मार्मिक तरिकाले चिरफार गरिएको छ । अखण्डा भारत भित्र नेपालको भु–भाग राखिएको बिषय पनि उनको यो पटकको गाइजात्रामा परेको छ। भारतको चेपा र हेपा प्रबृती प्रति समेत उहाँले ब्याङग्य प्रहार गर्न भ्याउनुभएकाे छ ।

यस्तै गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समेत उहाँले ब्याङग्यमा समेटनुभएकाे छ । यो निर्वाचनमा
ठुलाठुला नेता हारेको बिषय प्रति उहाँले ब्याङग्य प्रहार गर्नुभएकाे छ । उहाँले हार्ने नेतादेखि जित्ने पार्टीसम्मलाई छाडनुभएको
छैन् । बिगतका बर्षहरु जस्तै यो पटक उहाँले आफ्नो गाइजात्रे’ कोसेलीमा प्यारोडी पनि राख्नुभएकाे छ । यो पटक
उहाँले फिल्म घामट शेरे’ को चर्चित गीत कहिले साली मनपर्यो’लाई कहिले देउवा मनपर्यो, कहिले ओली
मनपर्यो’ भन्दै प्यारोडी बनाउनुभएकाे छ । गीतमा उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका
सभापति शेरबहादुरसँम्मलाई झटारो हान्नुभएकाे छ ।

दुई दशकदेखि गाइजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको लुछाचुँडी’ २१ औं कोसेली हो । गतबर्ष उहाँले गठबन्धन’ नामक गाइजात्रे कोसेली सार्वजनिक गर्नुभएकाे थियाे । सबैतिर लकडाउन भएको कोरोनाको समय
पनि उहाँले लकडाउन’ नामक ब्याङग्य कोसेली ल्याउँदै सबैको मन जित्नुभएकाे थियाे । यो पटक कलाकार जोगिन्दरलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिनुभएकाे छ । गीतका शब्द लोकराज अधिकारीले कोर्नुभएकाे हाे ।

लुछाचुँडीमा जोगिन्दरको अलवा घनश्याम गौतम नक्कली प्रचण्ड’, सुरेश तिमिल्सेना नक्कल ओली’,
गोपाल नेपाल नक्कली देउवा’ बनेका छन् । राधिका हमाल, साबित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेब गिरी, प्रेम
शर्मा पौडेल, शिवराम कार्की लगायको समेत यसमा अभिनय छ । प्यारोडी गीतको नृत्य निर्देशन समन अधिकारीले गरेका छन्
। भिडियोको छायांकन रोयल थाइहस्पिटालीटी ठिमी र सिंगल ट्रि स्वंयम्बुमा गरिएको छ । लुछाचुँडी’को लेखन, प्रस्तुति र निर्देशन शिवशंकर रिजाल जोगिन्दर’आफैले गरेका हुन् । पोष्ट प्रोडक्सन कोचे मिडियामा भएको छ ।

गाइजात्रा हास्य कलाकारका लागि एउटा महान उत्सव भएकोले सधै झै यो बर्षपछि गाइजात्रे झटारो ल्याएको कलाकार
रिजालले बताउनुभयाे । सधै झै यो बर्षपनि दर्शकश्रोताले मेरो कोसेलीमा माया दिनुहुन्छ भन्ने विश्वास छ’, रिजालले भन्नुभयाे
राम्रो लागेमा प्रसंसा र नराम्रो लागेमा सुझाव दिनुहोला।’

बिसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्य ब्याङग्य
कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु हास्य कलाकारको धर्म नै मान्दछन् । अहिले आएको आफ्नो गाइजात्रे कोसेली समसामाहिक बिषय र राजनीतिक बिकृति प्रतिको खरो झटारो भएको उहाँको धारणा छ । शिवशंकर अहिले गाइजात्रा टुर’को पनि तयारीमा हुनुहुन्छ । चितवनदेखि कन्चनपुरस्म्म हुने गाइजात्रा टुर’ बिभिन्न चर्चित हास्य कलाकारको सहभागतिा रहनेछ जाेगिन्दरले बताउनुभयाे।https://www.youtube.com/watch?v=vnOlbGtmktE


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२४.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...