शितलादेवी बहुउद्धेश्यीय सहकारीको प्रथम वार्षिकोत्सव सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

पोखरा । शितलादेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले उद्घाटन
गर्दै शितलादेवी बहुउद्देश्यीय सहकारीले वडा नम्बर ११ ले अगाडि सारेको फोहोरमैला ब्यवस्थापन र अभियानमा सहकार्य गर्न आग्रह गर्नुभयो ।

त्यसैगरि पछिल्लो समय आर्थिक मन्दी बढिरहेको अवस्थामा सहकारीकै कारण आर्थिक चलायमानमा सहज भइरहेको वताउँदै कर्माचार्यले आगामी दिनमा सहकारीले कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिदै त्यस्ता अभियानमा वडाले समेत सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

त्यसैगरी जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सहकारीले मानिसकोे दैनिकी चलायमान गराउन ठूलो भुमिका रहेको भएतापनि सहकारीहरु सहकारीको मुल्य मान्यता विपरित सञ्चालन भइरहेकाले
त्यसतर्फ सम्पूर्ण सहकारीहरुले ध्यान दिन आवश्यक रहेको बताउनुभयाे ।

सयपत्री सहकारी संस्थाका अध्यक्ष टिका बहादुर कार्कीले अहिलेको विषम परिस्थितीमा सहकारीहरु बीच एक आपसमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । सहकारीका अध्यक्ष तीर्थलाल श्रेष्ठले बहुद्देश्यीय सहकारीको भावना अनुसार यस संस्थाले फोहोरमैला ब्यवस्थापन, कृषि तथा पशुपालन र कौशी खेतीमा विशेष जोड दिदै संस्थाले आफ्नो कार्य सम्पादन गर्ने जानकारी दिनुभयो ।

सो साधारण सभामा अध्यक्ष तीर्थलाल श्रेष्ठ, सचिव राजु श्रेष्ठ, कोषाध्यक्ष रोमनमान श्रेष्ठ र लेखा समिति संयोजक सुक्र कुमार प्रधानले प्रस्तुत गर्नुभएको प्रतिवेदन सभाले अनुमोदन गरेको थियो । कार्यक्रममा उपाध्यक्ष गोकर्ण कार्कीले स्वागत मन्तब्य राख्नुभएको थियो, भने संस्थाका सल्लाहकारको तर्फबाट ज्ञान बहादुर कार्की, शेयर सदस्यहरुको
तर्फबाट प्रमिला श्रेष्ठले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा सहकारीको सात सिद्धान्तको बाचन संस्थाका संचालक समितिका सदस्य जीवन श्रेष्ठले बाचन गर्नुभएको थियो । सहकारीमा २ सय ४३ जना शेयर सदस्य रहनुभएको छभने संस्थाको कुल पुंजी २ करोड ४० लाख
रहेको छ ।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन