fbpx

वडा नं. २६ को सिलिङ्गेमा ४० फिट अग्लो शिवलिङ्गको शिलन्यास

author

समाचारपाटी

५ दिन अगाडि

पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ को सिलिङ्गेमा ४० फिट अग्लो शिव लिङ्गको निर्माण हुने भएको छ ।शि वलिङ्गको सोमबार एक कार्यक्रमका विच पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले शिलन्यास गर्नु भयो ।
शिलन्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले जटा शंकर धार्मिक विकास समिति मार्फत नौ करोड रुपैयाको डिपिआर तयार गरी निर्माण कार्य अगाडी बढाईएको बताउनु भयो ।

अध्यक्ष थापाले नौ करोडको लागतमा सवै काम सम्पन्न भए सिलिङ्गे धार्मिक पर्यटनको एक व्यवस्थित नयाँ गन्तव्य बन्ने बताउनु भयो । उहाँले केही समय देखी कोटीहोम विवादले पोखराको धार्मिक वातावरण विग्रेको उल्लेख गर्दै, संवादबाट सवै समस्याको हल निकाल्न आग्रह गर्नु भयो । उहाँले कोटीहोमका नाउँमा हिन्दु धर्मका अनुयायीहरुलाई विभाजित बनाउने काम भैरहेको उल्लेख गर्दै, होम, यज्ञ, यज्ञादीले सवैलाई समेट्नु पर्ने बताउनु भयो । उहाँले हिन्दुधर्मका अनुयायी एकथरिलाई धार्मिक अर्को थरीलाई जवरजस्ती धर्म विरोधी हो की भन्ने ट्याग लगाउने कोसिस गरिएको बताउनु भयो ।

उहाँले कोटीहोम भन्नासाथ योगी नरहरिनाथको स्मरण गर्दै, उहाँले देखाएको वा परिकल्पना गरेको कोटीहोम जस्तो हुनु पर्नेमा जोड दिनु भयो । धार्मिक कार्य रड, लाठी, खुकुरी र खुँडा एवं बाउन्सर राखेर नहुने उल्लेख गदै, अध्यक्ष थापाले, श्रद्धालु भक्तजनले पुष्पबृष्टी गरेर शुरुवात गर्नु पर्नेमा परिस्थिति मुठभेड तर्फ उन्मुख गराउने चेष्टा गरिएको बताउनु भयो । महानगरको आदेश पालना गर्न गएका नगरप्रहरी माथि घातक बस्तु प्रहार गरि घाईते बनाईयो उहाँले भन्नु भयो— “महिला प्रहरीलाई समेत छाडिएन, यि सवै घट्ना भैरहँदा म कार्यपालिकाको सदस्य हुनुको नाताले भिडलाई तितरवितर पारेर उनिहरुको रक्षा गरेको हो ।“कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधिस डा. आनन्द मोहन भट्टराईले आफ्नो निवित्त जीवन समाजका लागि कहाँनेर प्रयोग हुन्छ, त्यसका लागि प्रयोग गर्न सुझाव दिनु भयो । उहाँले स्थानीय सरकारले धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिनु पर्नेमा जोड दिदै, डिपिआर अनुसारको कार्य अगाडी बढाउन सवैको सहयोग र साथको आवश्यकता पर्ने औल्याउनु भयो ।

शिक्षाविद् रवि प्रसाद बरालले मन र मस्तिष्कको समिश्रणनै आध्यात्म भएकाले दुवैको सन्तुलनबाट धार्मिक कार्यलाई अगाडी बढाउन जोड दिनु भयो । उहाँले धार्मिक कार्यहरु व्यापारका लागि गर्न नहुनेमा जोड दिनु भयो । जटाशंकर धार्मिक विकास समितिका अध्यक्ष युवा पण्डित रामप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी हरिप्रसाद अधिकारी, चन्द्रबहादुर रानाभाट, संस्थाका बरिष्ठ उपाध्यक्ष एवं पोखरा महानगरपालिका वडा नंं २६ का वडा सदस्य तिथबहादुर राजभाट लगायतले जटाशंकर धार्मिक विकास समिति र त्यसका गतिविधिका बारेमा बोल्नु भएको थियो । एक करोड २० लाखको लागतमा निर्माण हुने योजनाका लागि चालु बर्षमा वडा मार्फत महानगरले ५० लाख रुपैया विनियोजन गरेको छ । कार्यक्रममा स्थानीय भक्तजनको व्यापक सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, चैत्र २, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन