स्व. न्यौपाने निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी हुनुहुन्थ्योः शेरबहादुर देउवा

author

समाचारपाटी

२ हप्ता अगाडि

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गिय चन्द्रप्रसाद न्यौपाने नेपाली काँग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी रहेको बताउनुभएको छ । 


बुधवार काठमाडौंमा जिल्ला विकास समिति गोरखाका पूर्वसभापति तथा नेपाली काँग्रेसका नेता स्व. चन्द्रप्रसाद न्यौपानेको पहिलो वार्षिक स्मृतिको अवसरमा चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थको लोकार्पण गर्दै यस्तो बताउनुभएको हो । उहाँले स्व. न्यौपानेलाई आफूले नेपाली काँग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायीको रुपमा चिनेको उल्लेख गर्नुभयो । उहाँले स्व.न्यौपानेका परिवारले नेपालको राजनीतिमा, प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान गर्नुभएको जिकिर गर्नुभयो । 
सभापति देउवाले भन्नुभयो, ‘स्व.चन्द्रप्रसाद न्यौपानेलाई मैले नेपाली काँग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायीको रुपमा चिनेको छु । उहाँहरुको नेपालको राजनीतिमा, प्रजातान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान रहेको छ । दाजुको पाइला पछ्याउँदै चन्द्रप्रसाद न्यौपानेले नेपाली काँग्रेसमा सक्रिय भइ भुमिका खेल्नुभयो ।’


सोही अवसरमा सभापति देउवाले स्व. न्यौपानेका दाजु कृष्णप्रसाद न्यौपानेलाई आफूले जेलमा भेट भएको र उहाँमा धेरै नझुक्ने, जुझारु व्यक्तित्व आफूले पाएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल 

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन