fbpx

लगानीको सहज वातावरण बनाउन सरकारले कानून ल्याएको छः सभापति शेरबहादुर देउवा

author

समाचारपाटी

२ महिना अगाडि

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्दा मुलुकको राष्ट्रिय आय अपेक्षित रुपमा वृद्धि हुन नसकेको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको अर्थतन्त्र उत्पादन भन्दा पनि व्यापारमुखी बन्दै गएको बताउनु भयो । सभापति देउवाले गाउँ—गाउँमा स्थानीय उद्यमशिलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता भएको बतउनु भयो । गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा साना लगानीले पनि रोजगारी प्राप्त गर्ने बताउनु भयो । पछिल्लो समय स्टार्टअप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको बताउनु भयो । उहाँले युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरिरहेको बताउनु भयो । थोरै लगानीले स्टार्टअप व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा धेरै रोजगारी सिर्जना गर्न सकिने बताउनु भयो । नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिष्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्युन गर्दै लैजाने उद्देश्यले नेपाली काँग्रेसले साना र मझौला उद्यम व्यवसाय प्रवद्र्धन गर्ने नीति लिएको बताउनु भयो । उहाँले सरकारले उद्यमी व्यापारी, व्यवसायीहरुले भोग्नुपरेको कानूनी तथा प्रक्रियागत समस्याहरु अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न कानून ल्याएको बताउनु भयो । मुलुकको समृद्धिका लागि सूचना प्रविधि प्रवद्र्धन, राजनीतिक स्थिरता र प्राकृतिक श्रोत, मानव संशाधन, पुँजीको वृद्धिको संवैधानिक समन्वयात्मक विकास जरुरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘आज हाम्रो मुलुकको राष्ट्रिय आय अपेक्षित रुपमा वृद्धि हुन नसक्नुको कारण स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कोतिर विश्वबजारसँग हाम्रो निजी क्षेत्रले प्रतिष्पर्धा गर्न असहज गरिरहेको भन्ने देखिन्छ । त्यसैले हाम्रो अर्थतन्त्र उत्पादन भन्दा पनि व्यापारमुखी बन्दै गएको छ । यही अवस्थालाई मध्यनजर गरी नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिष्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्युन गर्दै लैजाने उद्देश्यले हामीले साना र मझौला उद्यम व्यवसाय प्रवद्र्धन गर्ने नीति लिएका हौँ । नेपालमा युवा उद्यमी आकर्षण गर्न, उद्यमीहरुको व्यवसाय प्रवद्र्धन गर्न, साना तथा मझौला उद्यमी, व्यापारी व्यवसायीहरुको समस्या बुझी पार्टीलाई सुझाव दिन उद्यमशिलता, साना र मझौला व्यवसायी विकास विभाग गठन गरेका हौँ । उद्यमी व्यापारी, व्यवसायीहरुले भोग्नुपरेको कानूनी तथा प्रक्रियागत समस्याहरु अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानून ल्याएको छ । त्यस कानूनले यस क्षेत्रको सुधार अवश्य पनि गर्नेछ । मुलुकको समृद्धिका लागि राज्यको ध्यान पुग्नुपर्ने अर्को विषय सूचना प्रविधि पनि हो । यि सबै काम गर्न राजनीतिक स्थिरतासँगै प्राकृतिक श्रोत, मानव संशाधन, पुँजीको वृद्धिको संवैधानिक समन्वयात्मक विकास हुनुपर्छ ।’सभापति देउवाले हमासको बन्दीमा रहेका विपिन जोशीलाई छुटाउन इजरायली राजदुतसँग आग्रह गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन