युवा बिना कुनैपनि राजनीतिक दलहरु अघि बढ्न सक्दैनन्ः शेरबहादुर देउवा

author

समाचारपाटी

७ महिना अगाडि

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवा बिना कुनैपनि राजनीतिक दलहरु अघि बढ्न नसक्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रिय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि राजनीतिक दलमा युवा पुस्ता नभएसम्म पार्टी अघि बढ्न नसक्ने बताउनु भयो । उहाँले खेलकुदमा युवाहरु बढी हुने भएकाले काँग्रेसले युवासँग जोडिन खेलकुद क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले खेलकुद स्वस्थ शरीरका लागि महत्वपूर्ण रहेको बताउनु भयो । ओलम्पिक कमिटीको विवादमा सर्वोच्च अदालतले मानेको रुक्मसमशेर राणाहरु मिलेर बनाएको कमिटीलाई मान्नुपर्ने र लागू गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘खेलकुद जगत अत्यन्तै महत्वपूर्ण जगत हो । एउटा भनाइ छ, स्वस्थ शरीरमा स्वस्थ दिमाग रहन्छ । खेलकुद स्वयं स्वस्थ शरीरका लागि अत्यन्त आवश्यक छ । यो कहावत मात्रै होइन, वास्तविकता पनि हो । खेलकुदका समस्याहरु छन् । खेलकुमा लागेका साथीहरुको लागि अहिले केही कुरा उठेका छन्, ओलम्पिकको सन्दर्भमा रुक्मसमशेर राणाहरुको कमिटी थियो । त्यसलाई सर्वोच्च अदालतले मान्यता दिइसकेपछि, सर्वोच्च अदालतबाट तोकेपछि, सर्वोच्च अदालतले मानिसकेपछि त्यसलाई हामी लागू गर्नुपर्दछ । कसले मान्छ, मान्दैन भन्नेकुरा होइन, सर्वोच्च अदालतको आदेश मान्नुपर्छ, लागू पनि गर्नुपर्छ । नेपालमा खेलकुद जगतमा बढी ब्यस्त लागेका साथीहरुले हाम्रो पार्टीलाई पनि मजबुत बनाउनसक्छ । कुनैपनि पार्टीमा युवा पुस्ता जबसम्म हुँदैन, तबसम्म त्यो पार्टी अघि बढ्न सक्दैन । खेलकुदमा युवाहरु बढी हुने भएकाले हामीले जोड दिनुपर्छ । सबै साथीहरु लागेर खेलकुद जगतलाई बढाउनुपर्छ । हाम्रो पार्टीबाट पूरा सहयोग छ ।’ सभापति देउवाले खेलकुद जगतलाई नेपाली काँग्रेसले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७८°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...