काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३३.२० अंकले घटेर १९७१.१० विन्दुमा झरेको छ।
सेन्सेटिभ इण्डेक्स ५.५५ अंकले घटेर ३७७.३९ विन्दुमा पुगेको हो। यसदिन २८४ कम्पनीको ६७ लाख २३ हजार ४०० कित्ता सेयर १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँमा खरिदबिक्री भयो।
दोहोरो अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सप्तरी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।
आज करिब ६ कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सिटीजन लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
यसैगरी एनआईसी एसियाको ९ करोड र सन नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक ३.३२ प्रतिशतले घटेको हो।
annapurnapost