काठमाडौं । सेयर बजार आज मङ्गलवार उच्च अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ७६.६४ अङ्कले बढेर दुई हजार एक सय ७७.३५ विन्दुमा पुगेको छ ।
सबै समूहको सेयर बढेर बजार हरियाली भएकोमा आज माइक्रोफाइनान्स, जलविद्युत्, विकास बैंक र बीमा समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।
बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । दुई सय ६० वटा कम्पनीका ९३ लाख ३३ हजार कित्ता शेयर तीन अर्ब ३६ करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंक बैंकको १२ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज वरुण हाइड्रो, खानीखोला हाइड्रो, राधी जलविद्युत् कम्पनी, रिडी पावर कम्पनी र आदर्श लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज नौ वटा म्युचल फन्डको शेयर सामान्य घटेको छ, बाँकी सबै कम्पनीको शेयर बढेको छ ।