जलविद्युत परियोजनाको बीमाका सवालमा धैरै गुनासा छन्ः शरदओझा

author

समाचारपाटी

३ हप्ता अगाडि

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले जलविद्युत परियोजनाको बीमाका सवालमा गुनासाहरु धेरै रहेको बताउनुभएको छ । 

नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैटौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले जलविद्युत परियोजनाको बीमा गर्ने सवालमा तहगत संलग्नतामा गुनासोहरु आउने गरेको बताउनुभएको हो । उहाँले बीमाको क्षेत्रमा काम गरिरहेकाहरुको सुझाव र सहयोगका आधारमा राज्यले तय गरेको प्राथमिकता अनुरुप तयारी नहुँदा लगानी आकर्षित गर्नसमेत समस्या भइरहेको उल्लेख गर्नुभयो । लगानी आकर्षित र सुरक्षित बनाउनका लागि बीमाको सुरक्षा आवश्यक रहेको स्पष्ट पार्दै अध्यक्ष ओझाले बीमा सुरक्षाका लागि ऋण सहयोगको सुरक्षासँगै ऋण सहयोगको सुरक्षाका लागि रेट्रोको सुरक्षाबारे स्पष्ट हुनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘बीमाको क्षेत्रलाई थप व्यवस्थित बनाउन यो संस्थाको महत्वपूर्ण भुमिका रहेको छ । पछिल्लो केही समयमा जलविद्युत परियोजनाको विमा गर्ने सवालमा जुन तहको संलग्नता हुनुपर्ने हो त्यो नभएको भन्ने गुनासोहरु आउने गरेका छन् । यो विषयलाई इपानका पदाधिकारीहरुले पनि उठाउनुभएको थियो । विमाको क्षेत्रमा काम गरिरहेकाहरुको सहयोग र सुझावका आधारमा राज्यको जुन प्राथमिकता तय गरेको छ त्यसैअनुरुप तयारी नहुँदा लगानी आकर्षित गर्न अवश्य कठिन हुन्छ । लगानी आकर्षित गर्न र लगानी सुरक्षित बनाउनका लागि वीमाको सुरक्षा आवश्यकता पर्दछ । बीमाको सुरक्षाका लागि ऋण सहयोगको सुरक्षा आवश्यक होला, ऋण सहयोगको सुरक्षाका लागि रेट्रोको सुरक्षा होला । वीमामा हुन नसकेका कामहरुको हामीलाई चाहिएको समाधान हो । हामी कसरी हुनसक्ने संयन्त्र बनाउन सक्छौं अथवा कसरी बनाउन सकिन्छ । त्यसका लागि आवश्यक समयानुकुल गर्नुपर्ने कामहरु गर्नुपर्छ । र, यसले समग्र इण्डष्ट्रिमा मर्का नपर्नेगरि चाहे वीमा वा जलविद्युत परियोजनालाई होस् ।’


उहाँले वीमा क्षेत्रको सुधारका लागि हुनसक्ने संयन्त्र बनाउनतर्फ समयानुकुल कामहरु गर्नुपर्नेमा जोड दिनुभयो ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

सोमवार, असार २३, २०८२

२०.७९°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन