fbpx

शान्ति उदय माबि को ६४ औं बार्षिकोत्सव सम्पन्न

author

समाचारपाटी

४ महिना अगाडि

पोखरा । पोखरा महानगर पालिका वडा न ३३ भरत पोखरी वर पाण्डे थुम स्थित शान्ति उदय माबि को ६४ औ बार्षिकोत्सव तथा ६५ औं अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ।

कार्यक्रमको कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले उद्घाटन गर्नुभएको थियो। उद्घाटन गर्दै भट्टराईले सामुदायिक बिद्यालयहरूले आफ्नो गुणस्तरीय यता बढाउने कार्यक्रम बनाउनु पर्ने भन्दै त्यसको सम्पूर्ण अधिकार र दायित्व स्थानीय तहमा निहित रहेको बताउनुभयो। भट्टराईले शिक्षा दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने भन्दै स्थानीय तह यसमा विशेष चनाखो हुनुपर्ने बताउनु भयो।

गण्डकी प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले अन्तर्राष्ट्रिय जगतमा प्रतिष्पर्धी जनशक्ति उत्पादन अहिलेकी चुनौती भएको भन्दै सो योजना बनाउन आग्रह गर्दै आबश्यक नीति निर्माणमा आफुहरू हरहमेशा लागिरहने उल्लेख गर्नुभयो।

कार्यक्रममा पोखरा महानगर पालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य , नेपाल पर्यटन बोर्डका सदस्य मदन कुमार आचार्य , शिक्षक अभिभावक संघका अध्यक्ष शिबराज आचार्य , प्रधानाध्यापक टेकनारायण गिरि ,पूर्ब प्रधानाध्यापक कमल प्रसाद आचार्य ,साबिक भरत पोखरी गाबिस पूर्ब अध्यक्ष यज्ञ प्रसाद आचार्य , पूर्ब उपाध्यक्ष मनोहर आचार्य , पूर्ब विद्यार्थी मंचका अध्यक्ष बसन्तराज लम्साल सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।

सो अवसरमा मेगा बैकको बित्तीय सहयोगमा बिद्यालय हातामा नवनिर्मित सरस्वती मन्दिरको प्रमुख अतिथी भट्टराईले उद्घाटन गर्नुभएको थियो। बार्षिकोत्सव कार्यक्रममा शैक्षिक सहित विभिन्न अतिरिक्त क्रियाकलापमा बिजेता बिद्यार्थि हरूलाइ पुरष्कृत गरिनुका साथै विभिन्न छात्रवृत्ति समेत प्रदान गरिएको थियो भने बिद्यार्थिहरूले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष ऋषिराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक राजेन्द्र प्रसाद बस्ताकोटी र संचालन शिक्षक देबराज पौडेलले गर्नुभएको उक्त बिद्यालयका शिक्षक बेदनाथ आचार्यले जानकारी दिनुभयो।


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन