सुमन कुलुङ्गले र अनिताले जिते शैलुङ्ग अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन उपाधी

author

समाचारपाटी

२ years अगाडि


नेपालका सुमन कुलुङ्गले शैलुङ्ग अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन २०७९ को उपाधी जितेका छन् । ५५ किलोमिटरको दुरी ५ घन्टा २६ मिनट ५८ सेकेन्डमा पुरा गर्दै पुरुष तर्फ कुलुङ्ग ७ घन्टा २ मिनट ५६ सेकेन्डका साथ महिला तर्फ अनिता राईले उपाधी जितेका हुन् । विजयी भएबापत कुलुङ्ग र राईले नगद ७५ हजर सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनमा भएको अल्ट्रा म्याराथनको पुरुष तर्फ दोश्रो स्थानमा बेद बहादुर सुनार रहे । उनले उक्त दुरी ५ घन्टा २९ मिनट ४० सेकेन्डमा पुरा गरे । सुनारले नगद ४० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै ५ घन्टा ४४ मिनट २२ सेकेन्ड समयका साथ दुर्गाराज बुढा तेश्रो स्थानमा रहे । बुढाले नगद १५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

बागमती प्रदेश खेलकुद विकास समितिको विशेष सहयोगमा आयोजित अल्ट्रा म्याराथनको महिला तर्फ ७ घन्टा ३७ मिनट २२ सेकेन्ड समयमा साथ मञ्जु रावत द्वितीय र ७ घन्टा ४४ मिनट ५८ सेकेन्ड समयका साथ रसिला तामाङ्ग तृतीय भए । रावतले नगद ४० हजार र रसिलाले नगद १५ हजारका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

५५ कि .मि. को अल्ट्रा म्याराथनको पुरुष तर्फ अमेरिका, युकेका ४ विदेशी सहित २२ जना र महिला तर्फ ५ जनाको सहभागिता रहेको थियो । सुनापती गाउँपालिका, दोरम्बा शैलुङ्ग गाउँपालिका र खाँडादेवी गाउँपालिकाको सह– आयोजनामा भएको प्रतियोगिताको २५ कि।मि।को पुरुष तर्फ मोहन देव जोशी ३ घन्टा ८ मिनट ३९ सेकेन्ड समयका साथ पहिलो, ३ घन्टा १० मिनट १० सेकेन्ड समयका साथ देवराज महतारा दोश्रो र ३ घन्टा १४ मिनट १५ सेकेन्डका साथ होमलाल श्रेष्ठ तेश्रो भए । यस्तै महिला तर्फ ४ घन्टा १९ मिनट ५४ सेकेन्ड समयका साथ नितु तामाङ्ग पहिलो, ४ घन्टा २२ मिनट ४८ सेकेन्डका साथ राज्यलक्ष्मी रावल दोश्रो र ४ घन्टा ५५ मिनट ३६ सेकेन्ड समयका साथ स्विडेनकी लिन्या गोल्सेटर तेश्रो भईन् ।

बिजयी खेलाडीहरुले क्रमश ३५, २० र १० हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस विधामा पुरुष तर्फ न्युजिल्याण्डका १ खेलाडीका साथै ६१ जना र महिला तर्फ स्विडेनकी १ खेलाडीका साथ २१ जनाको सहभागिता रहेको थियो ।
रामेछाप जिल्ला खेलकुद विकास समितिको संयोजन र सुनापती शैलुङ्ग अल्ट्र म्याराथन आयोजना तथा ब्यवस्थापन समितिको ब्यवस्थापनमा भएको प्रतियोगिताको ५ कि.मि. तर्फको स्पर्धामा पुरुष तर्फ मिङ्गामार सिंगी तामाङ्ग र महिला तर्फ हुमी बुढा मगर जित हात पारे । मिङ्गामार २८ मिनट ३३ सेकेन्ड र हुमीले ३८ मिनट ३ सेकेन्डका साथ दुरी पुरा गर्दै पहिलो स्थान प्राप्त गरेका थिए ।

पुरुष तर्फ २८ मिनट ५८ सेकेन्डका साथ प्रताप खड्का दोश्रो र ३० मिनट ५६ सेकेन्डका साथ टंक कार्की तेश्रो भए । महिला तर्फ ४४ मिनट २५ सेकेन्ड समयका साथ अनुषा तामाङ्ग दोश्रो र ४५ मिनट ५५ सेकेन्ड समयका साथ लक्ष्मी श्रेष्ठ तेश्रो भए । विजयी खेलाडीहरुले क्रमशः २० हजार, १० हजार र ५ हजार नगदका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । ५ कि।मि।का तर्फ ५६ पुरुष र २६ महिलाको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन संघिय साँसद पुर्णबहादुर तामाङ्ग (कान्छा राम) र राष्ट्रिय खेलकु परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले संयुक्त रिवन काटेर उद्घाटन गरेका थिए । रामेछाप जिल्लाको सुनापती ३, हिलेदेवीबाट सुरु भएको म्याराथन सुनापती गाउँपालिकाको विभिन्न स्थान हुँदै रामेछापको चर्चित देवस्थल खाडाँदेवी मन्दिर, खाडाँदेवी गाँउपालिकाको विभिन्न स्थान र दोरम्बा शैलुङ्ग गाउँपालिकाको विभिन्न स्थान हुर्दै करिव ३२ सय मिटरको उचाईमा रहेको शैलुङ्गमा पुगेर समाप्त भएको थियो ।

बिजयी खेलाडीहरुलाई रामेछाप जिल्लाका संघिय साँसद पूर्णबहादुर तामाङ्ग (कान्छा राम), बागमती प्रदेशका साँसद युवराज चौलागाई, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, सुनापती गाँउपालिकाका प्रमुख ठुलो कान्छा तामाङ्ग, दोरम्बा शैलुङ्ग गाउँपालिकाका प्रमुख मैनबहादुर मोक्तान, खाँडादेवी गाँउपालिकाका प्रमुख ज्ञान कुमार श्रेष्ठ, रामेछाप जिल्ला समन्वय समितिकी प्रमुख चिना देवी खड्का कार्की, अन्तराष्ट्रिय अल्ट्रा म्याराथन धावक मिरा राई लगायतले पुरस्कार वितरण गरेका थिए ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.४४°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन