प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद गेटस्थित शहीदहरुको शालिकमा माल्यार्पण गर्नुभएको छ ।बुधवार शहीदगेटस्थित शहीदहरुको शालिकमा प्रधानमन्त्री ओलीले माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्नुभएको हो । हरेक वर्ष शहीदहरुको स्मरणमा माघ १६ गते शहीद दिवस मनाइन्छ । शहीद दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । सोही अवसरमा प्रधानमन्त्री ओलीसँगै मन्त्रीहरु, सरकारका उच्च पदस्थ कर्मचारीहरु समेत शहीदगेट पुगेर शहीदहरुको शालिकमा माल्यार्पण गरेका छन् ।
—न्युज एजेन्सी नेपाल