fbpx

‘संविधानलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने आवश्यक्ता छ’:- ईश्वर पोखरेल

author

समाचारपाटी

१ year अगाडि

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधानलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।बुधवार संविधान दिवसको अवसर पारेर जनकपुरको जानकी मन्दिरमा आयोजित वृक्षारोपण, सरसफाई र झण्डोत्तोलन कार्यक्रमपछि सञ्चारकर्मीमाझ उहाँले सो कुरा बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयनका लागि त्यस अनुसारको कानून र संरचना निर्माणको काममा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । उहाँले नेपाली जनताका प्रतिनिधिहरु आफैँले बनाएको हुनाले संविधानप्रति सबै नेपालीले गर्व गर्नुपर्ने तर्क समेत गर्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले सबै राजनीतिक दलहरुको सहमतीमा संविधानलाई संशोधन गरेर अघि बढ्न सकिने स्पष्ट पार्नुभयो । जनताको समस्या समाधानका लागि संविधान बनेकाले त्यसलाई उनीहरुको चाहनाअनुसार संशोधन गर्दै लैजान सकिने उहाँको भनाई थियो । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘सबैभन्दा पहिले नेपाली जनताका प्रतिनिधिहरुले बनाएको यो संविधानप्रति हामी सबैले गर्व गर्नुपर्छ । यो कुनै बाहिरी शक्तिले लादेर ल्याएको संविधान होइन । नेपालका जनता, विभिन्न जातिका, विभिन्न भाषाका, विभिन्न धर्म, संस्कृतिका, भौगोलिक क्षेत्रलाई प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको अत्याधिक ठूलो संख्याबाट निर्माण भएको संविधान हो । हामीले त्यसप्रति गर्व गर्नुपर्र्छ । यो संविधान वास्तवमा धेरै कुरामा उत्कृष्ट छ । र, हामीले जस्तो चुनौतिको बीचमा संविधान निर्माण गर्यौं । त्यो संविधानप्रति हामीले गर्व गर्नुपर्छ । र, यो संविधानलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्छ । यो संविधानमा रहेका केही कमी छन् भने, कमजोरी छन् भने यसलाई प्रक्रियाबाट भोली सच्याउनुपर्ने, संशोधन गर्नुपर्ने कुराहरु पनि छ । संविधान भनेको गतिशील दस्तावेज हो । यो एकचोटी बनेपछि कहिल्यै संशोधन नहुने होइन । आवश्यक्ता अनुसार संशोधन हुन्छ । जनताको चाहना अनुसार संशोधन हुन्छ । संविधानले जनताको समस्यालाई सम्बोधन गर्नुपर्ने भएको हुनाले संविधानले गतिशील दस्तावेजको रुपमा भुमिका खेल्छ । यस पटक हामीले संविधान दिवस मनाईरहँदा यसलाई कार्यान्वयन गर्ने प्रतिवद्धता हामीले व्यक्त गर्नुपर्छ । नयाँ ढंगले यसलाई कार्यान्वयन गर्नुपर्ने आवश्यक्ता छ । कतिपय कुरा यसमा सुधार गर्नुपर्नेछ भने पनि राजनीतिक नेतृत्व तहमा छलफल गरेर सहमतीका साथ, सहमतिका साथ बनेको संविधान हो । सहमतिकै आधारमा संशोधन पनि गर्न सकिन्छ । यस हिसावले जानुपर्छ । र, आजको आवश्यक्ता भनेको हाम्रो संविधानलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने कुरा आजको आवश्यक्ता हो । आजको अवधिमा यसको कार्यान्वयन नापेर यति डिग्री भयो भन्ने खालको कुरा भएन । संविधान आफै कार्यान्वयन हुँदैन । संविधानलाई कार्यान्वयन गर्नका लागि त्योसँग मिल्ने हिसावले कानुनहरु परिवर्तन गर्नुपर्छ । संरचना परिवर्तन गर्नु पर्छ । हामीले कानुन निर्माण गर्ने आफ्नो विधि हुन्छ । कुनै आदेश दिएर त कानून बनि हाल्दैन । त्यो त जनताका निर्वाचित प्रतिनिधिहरुले संसदीय प्रक्रिया भित्रबाट कानुन बनाउने हो । सबैभन्दा चुनौतिको कुरा के हो भने संविधानत जारी गर्यौं । जारी भएको संविधानलाई कार्यान्वयन गर्नका लागि हामीसँग पहिलो कुरा कानुनको आवश्यक्ता पर्छ । नयाँ संविधान अनुरुप कानून बनाउनु पर्यो । कानुन बनाएर मात्रै भएन, संरचनाहरु बनाउनु पर्यो । यो काममै हाम्रो धेरै समय बितेको छ । अझै कानूनहरु बनाउन पनि बाँकि छन् । र, संरचनाहरु बनाउनु पर्छ । तवमात्रै हामी संविधानलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सक्छौं ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान अनुकुल हुने गरी कानून निर्माणको काममा ढिलाई गर्न नहुने पनि दोहोर्याउनु भयो ।


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन