fbpx

अभिनेत्री मिरुना मगरसंगै वरिष्ठ चलचित्रकर्मीहरु ‘प्रदेश १ चलचित्र तारा’ बाट सम्मानित

author

समाचारपाटी

२ years अगाडि

इटहरी । 'प्रदेश १ चलचित्र तारा' बाट चर्चित अभिनेत्री मिरुना मगर सम्मानित हुनुभएकाे छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गरेको 'इनरुवा उत्सव चलचित्र महोत्सव' को अवसरमा यो सम्मान गरिएको हो ।

प्रदेश १ मा जन्मिएर यहाँको नाम उच्च राखेको र चलचित्र क्षेत्रमा योगदान पुर्याएको भन्दै मगर सहित अग्रज कलाकार रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, पुष्प श्रेष्ठ, ज्योतिराज राई, वरिष्ठ गायक रामा मण्डललाई 'प्रदेश १ चलचित्र तारा' बाट सम्मानित गरिएको हो । महोत्सवको अन्तिम दिन पनि अन्य ब्यक्तित्वहरुलाई 'प्रदेश १ चलचित्र तारा' बाट सम्मान गरिने आयोजक संस्था नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष, महोत्सवका निर्देशक तथा परिकल्पनाकार अरुण कुमार प्रधानले बताउनुभयाे ।

सुनसरी सदरमुकाम इनरुवा अवस्थित शान्ती चोकमा केही फरक र बृहत् तवरले आयोजना भैरहेको महोत्सव २ भागमा दिउँसो १२ बजेदेखी राती १० बजेसम्म संचालन भैरहेको छ । एकातिर 'इनरुवा उत्सव' अन्तर्गत इनरुवाको कला प्रवर्द्धन, प्रस्तुती, प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम भैरहेको छ भने अर्कोतिर 'चलचित्र महोत्सव' अन्तर्गत प्रदेश १ मा बनेका लामो तथा छोटो १८ ओटा चलचित्रहरु नि:शुल्क प्रदर्शन भएका छन् । 'चलचित्र महोत्सव' अन्तर्गतका १८ चलचित्रहरु भने प्रदर्शन भैसकेका छन् । यता प्रजातन्त्र दिवास अर्थात फागुन ७ गतेबाट सुरुभएको इनरुवा उत्सव भने फागुन १७ गतेसम्म चल्नेछ ।

दिउँसो विभिन्न प्रतियोगिताहरु भैरहेका छन् भने साझ साङितिक कार्यक्रम भैरहेको छ । साझको कार्यक्रममा लोकप्रिय कलाकारहरूको प्रस्तुती भैरहेका छन् । जसमा प्रदेश १ का कलाकारहरूलाई आयोजकले विशेष प्राथमिकता दिइरहेको छ । महोत्सवलाई इनरुवा नगरपालिकाले संयोजन गरेको छ ।

महोत्सवलाई अझ रोचक बनाउन नेता भर्सेज अभिनेता फुटवल खेलको आयोजना गरिने प्रधानले बताउनुभयाे । सुरुवाती चरणमा महोत्सव ५ दिने गरिने तयारी रहेको भएपनि इनरुवावासीको उत्साह र चासोलाई ध्यानमा राख्दै ११ दिनसम्म लम्ब्याईएको हो । महोत्सव सकिएको भोलिपल्ट सहभागी अतिथीहरुलाई बराहक्षेत्र नगरपालिका क्षेत्रमा पर्ने प्रस्तावित फिल्मीसिटीको भ्रमण गराउने समेत आयोजकको तयारी छ ।


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन