fbpx

मनोज गजुरेलको गाईजात्रा भदौ १४ देखि १७ सम्म प्रज्ञा भवनमा हुने

author

समाचारपाटी

१ year अगाडि

वरिष्ठ हास्य कलाकार मनोज गजुरेलको टिमलले २०८० सालको गाईजात्रा भदौ १४ गतेबाट प्रज्ञा भवनमा देखाउने भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रम गर्दै यसबारेमा जानकारी गराइएको हो । कार्यक्रममा बोल्दै व्यंग्य कवि शैलेन्द्र सिम्खडाले आफूले चौथो पुस्तासम्म गाईजात्रा गरेको र यस वर्षको गाईजात्रामा पुस्ता हस्तान्तरणको पाठ राजनीतिक दलका नेताहरुलाई सिकाउने बताउनु भयो । उहाँले गाईजात्रा भदौ १४, १६ र १७ गते प्रज्ञा भवनमा हुने बताउनु भयो । उहाँले संस्कृतिको निरन्तरता र पुस्ता हस्तान्तरण गाईजात्राको उद्देश्य रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘मैले गरेको यो चौथो पुस्तासम्मको गाईजात्रा हो । हामीले यसपालिको गाईजात्रामा पुस्ता कसरी हस्तान्तरण हुन्छ भन्नेकुरा हामी नेताहरुलाई देखाइदिन्छौँ । १४, १६ र १७ गते गाईजात्रा प्रज्ञा भवनमा देखाउनेछौँ । संस्कृतिको निरन्तरता र पुस्ता हस्तान्तरण गाईजात्राको उद्देश्य हो ।’ 

कार्यक्रममा बोल्दै वरिष्ठ हास्य कलाकार गजुरेलले अब पुस्ता हस्तान्तरणको बेला भएको र यस वर्षको गाईजात्राको उद्देश्य पनि सोही रहेको बताउनु भयो । उहाँले यस पटकको गाईजात्राले मानिसको दिल हसाउने प्रयास गरेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अब पुस्ता हस्तान्तरणको बेला हो । ६० माथिका अंकलहरुले ४० तिरका युवाहरुलाई हस्तान्तरण गर्नुपर्छ । यो ३० वर्षमा परिवर्तन के भएछ ? हामी यसको समीक्षा गर्नसक्छौँ । हाम्रो प्रश्तुतीमा मान्छेको दिल हसाउने प्रयास गरेका छाैँ ।’

कार्यक्रममा हास्य कलाकार सुवोध गौतमले देश मेरो हुनुपर्ने, पार्टी हाम्रो हुनुपर्ने र राजनीति राम्रो हुनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘देश मेरो हुनुपर्छ, पार्टी हाम्रो हुनुपर्छ, हीतका लागि गरोस् कोही राजनीति राम्रो हुनुपर्छ ।’ 

कार्यक्रममा अन्य कलाकारहरुले पनि यस वर्षको गाईजात्रा उत्कृष्ट रहेकाले हेर्न जान आग्रह गरेका थिए । 


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन