‘दिगो विकास लक्ष्यले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ’:- मन्त्री सुरेन्द्रराज आचार्य

author

समाचारपाटी

२ years अगाडि

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दिगो विकास लक्ष्य एवं आवधिक योजनाले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ । 

शनिवार समाज कल्याण परिषद्द्वारा काठमाडौंमा आयोजित ४४ औं सामाजिक सेवा दिवसलाई सम्बोधन गर्दै उहाँले सन् २०३० सम्म नेपाललाई समुन्नत राष्ट्रको रुपमा चिनाउने गरी योजना तर्जुमा गर्न निर्देशन दिनुभएको हो । उहाँले सामाजिक संस्थाले पारदर्शीता, परियोजनाहरुको कार्यकुशलता, प्रभावकारितामा ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले गैर सरकारी क्षेत्रबाट हुने सबै काम कारबाहीलाई सरकारको एकद्वार नीति अनुरुप समाजकल्याण परिषद्मार्फत सञ्चालन गर्नेगरी कार्य गर्न निर्देशन दिनुभयो । उहाँले गैरसरकारी संस्थाहरुलाई प्राथमिक प्राप्त क्षेत्रमा परिचालन गर्ने परिषद्बाट हुने अनुगमन एवं मूल्यांकन कार्यलाई प्रभावकारी बनाइने व्यहोरा आर्थिक वर्ष २०८०÷०८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘परिषद्द्वारा प्रवाह हुने सेवा, सरोकारवाला निकायहरुबीचको समन्वय, परियोजनाको अनुगमन, मूल्यांकन, सूचना तथा तथ्यांक व्यवस्थापन लगायतका कार्यहरु प्रभावकारी बनाउँदै लगेको छ । परिषद्को आन्तरिक सुशासनलाई समेत मजबुत बनाउँदै सामाजिक संस्थाले पारदर्शीता, परियोजनाहरुको कार्यकुशलता, प्रभावकारितामा ध्यान पुर्याउनुपर्ने आवश्यकता छ । गैर सरकारी क्षेत्रबाट हुने सबै काम कारबाहीलाई सरकारको एकद्वार नीति अनुरुप समाजकल्याण परिषद्मार्फत सञ्चालन गर्नेगरी कार्य गर्नुहुन सम्पूर्ण संवद्ध निकायलाई अनुरोध गर्दछु । दिगो विकास लक्ष्य हाम्रो राष्ट्रिय नीति र योजनाहरुमा एकीकृत गरिएको तथ्य पनि सबैमा विदितै छ । गैरसरकारी संस्थाहरुलाई प्राथमिक प्राप्त क्षेत्रमा परिचालन गर्ने परिषद्बाट हुने अनुगमन एवं मूल्यांकन कार्यलाई प्रभावकारी बनाइने व्यहोरा आर्थिक वर्ष २०८०÷०८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख छ । यसलाई कार्यान्वयन गर्दै सन् २०३० सम्म नेपाललाई समुन्नत राष्ट्रको रुपमा चिनाउने दिगो विकासका लक्ष्य एवं आवधिक योजनाले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुहुन सबै गैरसरकारी सस्था, परिसंघ  एवं सम्बन्धित मन्त्रालयलाई समेत आग्रह गर्दछु ।’

मन्त्री आचार्यले परिषद्द्वारा प्रवाह हुने सेवा, सरोकारवाला निकायहरुबीचको समन्वय, परियोजनाको अनुगमन, मूल्यांकन, सूचना तथा तथ्यांक व्यवस्थापन लगायतका कार्यहरु प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउनु भयो । 


काठमाडौं

बिहिबार, साउन २, २०८२

२२.१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन