fbpx

‘बालविवाह अन्त्यका लागि तीन तहका सरकार मिलौंँ’ :-मन्त्री नवलकिसोर साह सुडी

author

समाचारपाटी

४ हप्ता अगाडि

महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले बालविवाह अन्त्यको लागि तीन तहको सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताउनुभएको छ ।

मंगलवार ललितपुरमा बालविवाह मुक्त नेपाल अभियान सञ्चालनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सुडिले यस्तो बताउनुभएको हो । उहाँले संघ र प्रदेश सरकारले निर्माण गरेका कानूनहरुको कार्यान्वयनका स्थानीय तह लाग्न आवश्यक रहेको बताउनु भयो । उहाँले कानूनको परिपालनाका लागि आफू मातहतका स्थानीय तहहरुलाई निर्देशन दिन प्रदेश मन्त्रीहरुलाई निर्देशन पनि दिनुभयो । उहाँले सबैले आ—आफ्नै डबली बजाएर देशको कल्याण नहुने जिकिर गर्नुभयो । उहाँले बालविवाहका कारण बाललिकाहरुको शारीरिक र मानसिक शोषण भइरहेको उल्लेख गर्नुभयो । बालविवाहको अन्त्य गर्दै समाजमा विद्यमान समस्याहरुको समाधानका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ । 

उहाँले भन्नुभयो, ‘बालविवाह न्यूनिकरणका लागि तीन तहको सरकारले मिलेर काम गर्नुपर्छ । संघले कानून बनाइदियो । प्रदेशले कानून बनाइदियो । स्थानीय तहले त्यसलाई कार्यान्वयनमा ल्याउँदैन भनेदेखि त्यो कितावमा मात्र सिमित हुन्छ । त्यसकारणले म सम्पूर्ण प्रदेशका मन्त्रीज्युहरुसँग महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तपाईंहरुसँग काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिज्ञा गर्दछु । र तपाईहरु पनि आफ्नो प्रदेश मातहत जति पालिकाहरु छ । त्यो पालिकाहरुसँग काँध मिलाएर कसरि सबै कानूनहरुको पालन गर्न सकिन्छ गर्नुहोस् । बालविवाहका कारण हाम्रा चेलिबेटीहरुको शारीरिक र मानसिक शोषण हुने गर्दछ । यसका विरुद्ध हामी सबैको आफ्नो आफ्नो तहबाट सोच्नैपर्ने अवस्था छ । तर अन्य चिजमा पनि हाम्रो सरकार, हाम्रो संविधान त्रिपक्षीय सरकारको कल्पना गरेको छ । त्यसैले हामीलाई पनि तीनै सरकारलाई मिलेर यो देशमो समृद्धिको लागि, विकासको लागि र उन्नतीको लागि सहकार्य ग¥यो भने सम्भव छ । आफ्नै आफ्नै डबली बजाए भने देशको कल्याण हुँदैन । बालविावहमुक्त नेपाल बनाउनका लागि र समाजका अन्य समस्याकाको समाधानका लागि अगाडि बढ्न जरुरी छ ।’


मन्त्री सुडीले तीनै तहको सरकार मिलेर अघि बढ्नसकेमात्र सामाजिक विकृतिहरुको अन्त्य गर्न सकिने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ १३, २०८१

१०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक