महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मित्र राष्ट्र कतारसँग नेपालको गहिरो सम्बन्ध रहेको बताउनुभएको छ ।
रोजगारीको शिलशिलामा त्यहाँ पुगेका नेपालीहरुका कारण पनि दुई मुलुकबीचको सम्बन्धमा समुदायस्तरमै प्रगाढ रहेको मन्त्री आचार्यको भनाई थियो । शुक्रवार काठमाडौंको महाराजगञ्जमा निर्माण गरिएको अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको उद्घाटन समारोहमा बोल्दै उहाँले कतार सरकार र त्यहाँको कतार च्यारिटीले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा समेत गर्नुभयो । हालसालै तराईका जिल्लाहरुमा कतार च्यारिटीले वितरण गरेको न्यानो कपडाको प्रसंग उल्लेख गर्दै मन्त्री आचार्यले कतारले नेपालका गरिव जनताको हितमा बलियो साथ दिइरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘कतारसँग हाम्रो गहिरो सम्बन्ध रहेको छ । हाम्रा साँढे ६ लाख नेपाली दिदीभाई, दाजु बहिनी रोजगारीको शिलशिलामा कतारमा पुगेका छन । यस कुराले पनि समूदायसमूदायबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै लगेको छ । वास्तवमा कतार च्यारिटीले नेपालको विभिन्न भागमा नेपाली जनतालाई जुन ठूलो सहयोग पुर्याएको छ । त्यसको म मुक्तकण्ठले प्रशंशा पनि गर्न चाहन्छु । कतार च्यारिटी जस्तो एउटा पवित्र संस्था छ । जसले निःस्वार्थ भावनाले नेपालका हरेक सामाजिक, आर्थिक क्षेत्रमा ठूलो टेवा पु¥याएको पनि छ । भर्खर मात्र तराईका विभिन्न चिसो ठाउँहरुमा पनि कतारले त्यहाँका गरिव जनताहरुलाई न्यानो कपडा वितरण गरेर म भर्खर अहिले हिजो मात्रै फर्केको छु । र मैले देखेँ–उहाँहरुले प्रदान गरेका सामानहरु अत्यन्तै राम्रा छन् । र गुणस्तरीय पनि छन् । र त्यस्तै अन्य क्षेत्रमा पनि कतार च्यारिटीले यस्ता सामुदायिक भवन, विभिन्न तालिम गर्न मिल्ने भवनहरु जुन ठाउँठाउँमा बनाई दिएको छ । यसले नेपाली जनतालाई एउटा सीप सिक्नका निमित्त यहाँका महिलाहरुलाई, यहाँका बेरोजगार युवाहरुलाई सीप सिकेर कम्तिमा आत्मनिर्भर बन्नका निम्ति पनि यसले ठूलो योगदान पु¥याउँछ । र आज यो भवन जुन बनेको छ । यो भवनलाई संरक्षण संवद्र्धन गर्दै यसले प्रदान गर्ने सेवाहरुले आम नेपाली नागरिकहरुलाई बढी भन्दा बढी सेवा पु¥याओस् भन्ने पनि म कामना गर्न चाहन्छु ।’
मन्त्री आचार्यले विभिन्न व्यवसायिक तालिम दिने प्रयोजनका लागि निर्माण गरिएको सो भवनले नेपाली युवाहरुलाई सीप सिकेर आत्मनिर्भर बन्नका लागि ठूलो योगदान पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो ।
—न्युज एजेन्सी नेपाल