fbpx

‘बालिकाहरुको संरक्षण र संवद्र्धनमा राज्यले थप लगानी बढाउन आवश्यक छ’:- मन्त्री सुरेन्द्रराज आचार्य

author

समाचारपाटी

१२ महिना अगाडि

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालिकाहरुको संरक्षण र संवद्र्धनमा राज्यले थप लगानी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

बुधवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय बालिका दिवस—२०२३ को अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बालिकाबिरुद्धको हिंसा र बाल यौन दुव्र्यवहारबिरुद्धको घटना यदाकदा अझै भइरहेको बताउनु भयो । उहाँले समाजमा अझै बालक र बालिकाबीच विभेद गर्ने चलन रहेको भन्दै कानूनी व्यवस्था भएपनि कानूनको प्रभावकारी कार्यान्वयनको अभाव र बाल अधिकार सचेतना र ज्ञानको अभावले लिङ्ग पहिचान गरी बालिका भए एभोर्सन गराउने गरेको घटनाहरु पनि अझै देखिने गरेको बताउनु भयो । उहाँले बाल विवाह, बालश्रम लगायतमा पनि बालिकाहरु नै बढी पर्ने गरेको भन्दै यसको रोकथाम, नियन्त्रण तथा न्युनिकरणका लागि विद्यमान कानूनी व्यवस्थाको कार्यान्वयन, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन, बाल अधिकार सचेतना, अभिवृद्धि गर्न जरुरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘बालिकाबिरुद्धको हिंसा र बाल यौन दुव्र्यवहारबिरुद्धको घटना यदाकदा अझै भइरहेका छन् । हाम्रो समाजमा अझै बालक र बालिकाबीच विभेद गर्ने चलन छ । कानूनी व्यवस्था भएपनि कानूनको प्रभावकारी कार्यान्वयनको अभाव र बाल अधिकार सचेतना र ज्ञानको अभावले लिङ्ग पहिचान गरी बालिका भए एभोर्सन गराउने गरेको घटनाहरु सुन्नमा आउँछन् । बाल विवाहमा पनि बालिकाहरुको संख्या बढी नै भएका तथ्यांकहरु छन् । बालश्रममा पनि बालिकाहरु छन् । हराउने, बेचबिखन तथा ओसारपसारमा पर्ने पनि बालिकाहरु नै बढी देखिएकाले यसको रोकथाम, नियन्त्रण तथा न्युनिकरणका लागि विद्यमान कानूनी व्यवस्थाको कार्यान्वयन, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन, बाल अधिकार सचेतना, अभिवृद्धि समेतका लागि राज्यले लगानीको निरन्तरता र थप आवश्यक लगानी बढाउन मन्त्रालयका तर्फबाटथप सहयोग र सहजीकरण गरिनेछ । बालिकाहरुको अधिकार संरक्षण तथा संवद्र्धन र सर्वोत्तम हीतका लागि बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी लगायतका सन्धी सम्झौता र दस्ताबेज नेपालको संविधान, बालबालिका सम्बन्धीत ऐन तथा नीति नियमहरु आवधिक र वार्षिक योजनाका कार्यक्रमहरु कार्यान्वयन गर्न तीन तहकै सरकारी निकाय, विकास साझेदार र गैरसकारी संस्थाहरुलाई आह्वान गर्दै मन्त्रालय यस कार्यमा लागिरहेको छ ।’

बालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी भन्ने नारासहित यस वर्ष अन्तर्राष्ट्रिय बालिका दिवस—२०२३ मनाइएको छ । बालिकाहरुको अधिकार संरक्षण र संवद्र्धन, सम्मानमा सबैले चासो दिन र गम्भीर हुन आग्रह गर्नुभयो ।  


काठमाडौं

शनिबार, अशोज १९, २०८१

२१.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने