पोखरा। पोखरा रंगशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनलको समिकरण पूरा भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा सञ्चालन भइरहेको खेलमा सेमिफाइनल समिकरण पुरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिनुभयाे ।
पहिलो क्वाटरफाइनल खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे)ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट)लाई ६५–५३ ले पराजित गर्दै सेमिफाइनल स्थान पक्का गर्यो । यस्तै दोस्रो खेलमा पर्वतको जलजला गाउँपालिकाले मोदी गाउँपालिकालाई ६४–५८ ले पराजित गर्यो । तेस्रो खेलमा पोखरा महानगरपालिकाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६७–५७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो ।
क्वाटरफाइनलको अन्तिम खेलमा बेनी नगरपालिकाले म्याग्दीको रघुगंगा गाउँपालिका ९ह्वाइट०लाई ६७–५१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्यो । प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ पहिलो सेमिफाइनलमा पोखरा महानगरपालिका र बेनी नगरपालिकाबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।
यस्तै दोस्रो सेमिफाइनलमा रघुगंगा गाउँपालिका र जलजला गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै भोलिदेखि महिलातर्फको समेत खेल हुने अध्यक्ष गुरुङले जानकारी दिनुभयाे ।
महिलातर्फको पहिलो खेल ललितपुर र ग्राण्डबीच हुनेछ । यस्तै दोस्रो खेल अन्नपूर्ण र मर्दीखोलाबीच हुनेछ । गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १ लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् । विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५÷१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५÷१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ ।