fbpx

बझाङका विभिन्न ठाउँमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान

author

समाचारपाटी

१ year अगाडि

बझाङ । बझाङका विभिन्न ठाउँमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गरिन लागिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका विज्ञले भूकम्पीय जोखिमयुक्त क्षेत्रको पहिचान गरी थप सेस्मोमिटर जडान गर्न लागेका हुन्। 

बझाङ सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारैवटै दिशाहरु आइतबार तलकोट गाउँपालिकाको खौलाबजार, सुर्मा गाउँपालिकाको दौलिचौर, पश्चिमतर्फ दुर्गाथली गाउँपालिका, दक्षिणतर्फ जयपृथ्वी नगरपालिकामा सेस्मोमिटर जडान गर्न लागिएको भूगर्भ तथा खानी विभागका निर्देशक तथा वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीले बताउनुभयाे। 
 
पूर्व–पश्चिम, उत्तर–दक्षिण गरी चारै दिशामा सेस्मोमिटर जडान गर्दा भूकम्पको केन्द्र, समय, रेक्टरस्केल पत्ता लगाउन सजिलो हुने भएकाले सेस्मोमिटर जडान गर्न लागिएको हो। 

यसअघि बझाङमा खप्तडछान्नाको बयानामा मात्रै सेस्मोमिटर जडान गरिएको भए पनि उक्त ठाउँबाट यसपटकको भूकम्पको केन्द्र चार–पाँच किलोमिटरसम्म भएकाले मापनमा समस्या देखिएकाले थप सेस्मोमिटर जडान गर्न लागिएको भूगर्भविद् डा. अधिकारी बताउनुभयाे। 

अहिलेसम्म नेपालभर ४२ स्टेशन –मापनयन्त्र बनाएर भूकम्पको निगरानी गर्ने गरिएको छ। बझाङमा असोज १६ गते यता साढे चार सय बढी चैनपुर आसपासमै केन्द्र बनाएर भूकम्प गएको र यसरी चारै दिशामा मापकयन्त्र राख्दा छिटो र कम त्रुटिमा पत्ता लगाउन सजिलो हुने भएकाले थप सेस्मोमिटर जडान गर्न लागिएको उहाँले बताउनुभयाे। 

साथै बझाङको तल्कोट र मष्टा गाउँपालिका सिमा तपोवनमा आउने तातोपानीबाट तापक्रम र ग्यासहरुको अध्ययन अनुसन्धान गरी भूकम्पबारे पत्ता लगाउन सकिने पनि भूगर्भ तथा खानी विभागका निर्देशक तथा वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीले बताउनुभयाे। उहाँले अन्य ठाउँको तातो पानी र यहाँको तातोपानीबीचको फरक छुट्याउने र बझाङको भू–गर्भभित्र रहेका तत्वबारे अनुसन्धान गरि भुकम्पबारे थप जानकारी लिन सकिने बताउनुभयाे। 

गोरखा भूकम्पको सम्बन्ध रसुवाको तातोपानीसँग जोडिएको हुँदा यहाँ पनि केही केही सम्बन्ध हुन सक्ने अनुमान भूगर्भविदको छ। बझाङमा भूकम्प आएपछि यसको अनुसन्धान गर्न तीनदिनदेखि भुगर्भविदको टोली यहाँ आएको छ। टोलीले अस्थायी मापन केन्द्र स्थापना गर्ने र क्षतिबारे अध्ययन गर्ने कार्य गरिरहेको छ।   

annapurnapost
 


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन