fbpx

एसईई परीक्षा केन्द्र टाढा पर्ने सम्भावना

author

समाचारपाटी

२ महिना अगाडि


काठमाडौं ।माध्यमिक शिक्षा परीक्षा ९एसईई० को केन्द्र राख्न न्यूनतम विद्यार्थी सङ्ख्या तोकेपछि परीक्षा केन्द्र टाढा हुने जोखिम बढेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाएर न्यूनतम विद्यार्थी सङ्ख्या रहनेगरी मात्रै परीक्षा केन्द्र तोक्न भनेपछि समस्या पर्ने भएको हो ।

बोर्डका अनुसार दुर्गम र हिमाली क्षेत्रमा एउटा परीक्षा केन्द्रमा कम्तीमा एक सय ५० जना, पहाडी क्षेत्रमा दुई सय ५० जना तथा तराईरमधेस र काठमाण्डौ उपत्यकामा कम्तीमा तीन सय जना विद्यार्थी रहने गरी केन्द्र निर्धारण गर्नुपर्छ । तर हिमाली क्षेत्रमा एक सय ५० र पहाडी क्षेत्रमा दुई सय ५० विद्यार्थी जुटाउन धेरै विद्यालयका लागि एउटै परीक्षा केन्द्र तोक्नुपर्ने हुन्छ ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा रहेका तीनवटा माध्यमिक विद्यालयमा गरी ७१ जना मात्रै विद्यार्थी छन् । सङ्ख्या नपुगेर गाउँपालिकाभर परीक्षा केन्द्र नहुँदा विद्यार्थीहरु परीक्षा दिन झन्डै १० घण्टा टाढा सदरमुकाम पुग्नुपर्छ । सोलुखुम्बुकै खुम्बुपासाङल्हमु गाउँपालिकामा पनि एउटा परीक्षा केन्द्र राख्न विद्यार्थी पुग्दैनन् । यस्तो समस्या अरू धेरै पालिकामा रहेको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेल शिक्षाको गुणस्तर कायम गर्न परीक्षा पनि महत्वपूर्ण रहेकोले कडाइ गर्न लागेको बताउनुहुन्छ । यो पुरानै व्यवस्था भए पनि यस वर्ष कार्यान्वयनमा कडाइ गरेको उहाँले बताउनुभयो ।

कुनै पालिकाभर परीक्षा केन्द्र नहुने र त्यहाँका विद्यार्थी निकै टाढा पुग्नुपर्ने अवस्थामा जिल्ला परीक्षा समन्वय समितिले निर्णय गरेर न्यूनतम मापदण्डभन्दा कम विद्यार्थी राखेर पनि केन्द्र तोक्न सक्ने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

२०.०९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः माओवादी केन्द्र

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन