fbpx

एसइइ डान्सका च्याम्पियनसिप’का २८ फाईनल प्रतिस्पर्धीलाई प्लसटुमा पूर्ण छात्रबृत्ति

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । यो वर्षको एसइइ नजिकिँदै गर्दा ‘एसइइ डान्स च्याम्पियनसिप’को चौथो संस्करण घोषणा गरिएको छ । एसइइ दिएर बसेका विधार्थीहरुलाई लक्षित गरेर बिगत चार वर्षदेखि देशव्यापी रुपमा यो प्रतियोगिता आयोजना हुँदै आएको छ । बिगत झै यसपटक पनि यो प्रतियोगिताको फाईनलमा पुगेकाहरुले प्लस टुको अध्ययनका लागि पूर्ण छात्राबृत्ति पाउने भएका छन् ।

यो प्रतियोगिताको चौथो संस्करणको अडिसन आगामी नयाँ वर्षसँगै हुने भएको छ । यो प्रतियोगिताको लागि आगामी चैतमा एसइइ दिएर बसेका विधार्थीहरुले भाग लिने पाउने आयोजक संस्थाका अध्यक्ष एवम् बरिष्ट कोरियोग्राफर महेश गोदारले बताउनुभएकाे छ,‘हामीले सबै प्रदेशमा बैशाखको पहिलो साताबाट अडिसन शुरु गर्ने छौं । उनीहरुको नृत्यको आधारमा अडिसन लिएर प्रत्यक प्रदेशबाट फाईनलको लागि ३ जना चयन गरिने छ ।’माविहरुको संस्था ‘हिसान’को सहकार्यमा काठमाडौंको कपनमा रहेको बज्रायोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यो प्रतियोगितामा नेशनल प्याब्सन र प्याब्सनको समेत सहकार्य रहेको पनि गोदारले जानकारी गराएका छन् । यी सहित काठमाडौंबाट १० जना चयन गरेर कुल २८ जना प्रतियोगीबीच आगामी २३ असारमा काठमाडौंको नाचघरमा अन्तिम प्रतिस्धर्पा हुने छ ।

यसरी यो अन्तिम प्रतिस्पर्धामा चयन भएका २८ जनालाई नै कक्षा ११ र १२ को अध्ययनका लागि पूर्ण छात्राबृत्ती दिईने सहयोगी संस्था हिसानका अध्यक्ष एवम् गोल्डेन गेट कलेजका प्रिन्सिपल रमेश सिलवालले बताउनुभएकाे छ ।

यो प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ, द्धितीय हुनेले ५० हजार रुपैयाँ र तृतीय हुनेले ३० हजार रुपैयाँ नगद सहित ट्रफी र विभिन्न पुरस्कार पनि प्राप्त गर्ने आयोजक महेश गोदारले जानकारी गराउनुभएकाे छ । यो प्रतियोगिताको लागि मुलुकका विभिन्न कलेजमा आयोजक पक्षले सूचना पुर्याउने छ ।


काठमाडौं

शनिबार, अशोज २६, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने