क्यानडाको सत्तारुढ लिबरल पार्टीका नेता मार्क कार्नीले देशको २४ औं प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको छ । साथै नयाँ मन्त्रिपरिषद् गठन गर्नुभएको छ । २४ सदस्यीय संक्रमणकालीन मन्त्रिपरिषद्मा क्यानडा–अमेरिका सम्बन्ध व्यवस्थापन गर्न केन्द्रिय जिम्मेवारी सम्हाल्ने मुख्य नेताहरू समावेश छन् । विदेश मामिला मन्त्री मेलानी जोली नै रहनुहुनेछ । पूर्व नवप्रवर्तन, विज्ञान तथा उद्योग मन्त्री फ्रान्कोइस–फिलिप शैम्पेनलाई अर्थमन्त्रीको रूपमा पदोन्नति गरिएको छ ।
सिन्ह्वा