काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमण सकाएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस आज न्युयोर्क फर्किनु भएको छ ।
उहाँलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाई गर्नु भयो। विमानस्थलमा उहाँको विदाइका लागि परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
उहाँ कतार एयरवेजको उडानमार्फत बिहान १० बजेपछि न्युयोर्क प्रस्थान गर्नु भएको हो।
न्युयोर्क फर्कनुअघि गुटेरेसले मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गर्नु भएको थियो ।