संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा मानवीय सहायताको प्रभावकारी वितरणका लागि मानवीय युद्धविरामको आवश्यक रहेको बताउनुभएको छ । जोर्डनका विदेशमन्त्री अयमान सफादीसँग अम्मानमा भएको संयुक्त पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र प्रमुखले जीवन बचाउने सहायताका सबै अवरोध हटाउने र गाजामा उनीहरूलाई पुर्याउन थप प्रवेश बिन्दुहरू खोज्न आफूले जोड दिने बताउनु भयो ।
इजरायलले अन्तर्राष्ट्रिय वैधानिकताका निर्णयहरू पालना गर्नुपर्ने सफादीले बताउनु भयो । आफूहरुको आधारभूत माग भनेको लडाइँ रोक्न र घेरामा परेको एन्क्लेभमा मानवीय सहायता पुर्याउनु रहेको बताउनु भयो । उहाँले युद्ध समाीत भएसँगै गाजावासीको त्रास पनि समाप्त हुने बताउनु भयो ।
सिन्ह्वा