fbpx

‘वैज्ञानिक विधिबाट माटो संरक्षण गरौँ’:- कृषिसचिव गोविन्दप्रसाद शर्मा

author

समाचारपाटी

१ महिना अगाडि

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले वैज्ञानिक विधिबाट माटोको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार कृषि विभागले माटो दिवसको अवसरमा ललितपुरमा गरेको कार्यक्रममा बोल्दै कृषिसचिव शर्माले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय प्राकृतिक माटोमा विभिन्न खालका दोहन र रासयनिक मलको कारण खाद्य तत्वहरुको कमी भइरहेको बताउनु भयो । उहाँले एक वर्षमा नेपालको माटो १.६ मिलिमिटर बगेर गएको विभिन्न तथ्याङ्कले देखाएको बताउनु भयो । उहाँले माटोको दैनिक रुपमा खाद्य तत्व(स्वायल फर्टीलिटी) र उत्पादकत्व कमी भएको बताउनु भयो । उहाँले माटोमा खाद्य तत्व र उत्पादन क्षमता बढाउनको लागि वैज्ञानिक व्यवस्थापन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको पहाड र तराईको माटोको छुट्टा—छुट्टै वर्गिकरण गर्न आवश्यक रहेको भन्दै तराई र पहाडको माटोको नतिजालाई छुटै किसिमले विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेसम्म तराई र शहरी क्षेत्रको माटो भन्दा पहाडको माटो कृषि उत्पादनको लागि ठिक रहेको बताउनु भयो । उहाँले पहाडमा गाईवस्तु पालेर अग्र्यानिक मलहरुको प्रयोग हुने गरेकाले माटो ठिक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो,‘एक वर्षमा नेपालको माटो १.६ मिलिमिटर बगेर गएको छ । १ हजार वर्षमा फर्ममेसन भएको स्वायल १५ वर्षमा गएको छ । जुन धेरै अघिको डाटा हो । त्यो भन्दा बढी लस भएको भन्ने छ । मानिसहरुले खाने खाना ९५ प्रतिशत माटोमा नै उत्पादन हुन्छ । माटोको दैनिक रुपमा खाद्य तत्व(स्वायल फर्टीलिटी) र उत्पादकत्व कमी भएको छ । त्यसको व्यवस्थापन गर्न जरुरी छ । माटोलाई हामीले वैज्ञानिक ढङ्गबाट व्यवस्थापन गर्न आवश्यकता छ । नेपालको पहाड र तराईको माटोको वर्गिकरण छुट्टाछुट्टै गर्न आवश्यक छ । तराई र पहाडको माटोको नतिजालाई छुटै किसिमले विश्लेषण गर्नुपर्छ । तराई र शहरी क्षेत्रको माटो भन्दा पहाडको माटो अझै ठिक छ । गाईवस्तु पालेर अर्गानिक मलहरुको प्रयोग हुने गरेको छ ।’


उहाँले १ हजार वर्षमा फर्ममेसन भएको स्वायल १५ वर्षमा गएको देखिएको भन्दै माटोको संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अहिलेसम्म मानिसहरुले खाने खाना ९५ प्रतिशत माटोमा नै उत्पादन हुने गरेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू